यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने

काठमाडौँ । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाउने र बढी मूल्य लिने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ।यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक सवारीका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई यसबारे सचेत गराएको हो।
विभागका अनुसार यात्रुका लागि खाजा, नास्ता र खाना उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी खाना, झिँगा भन्केका खानेकुरा तथा न्यून गुणस्तरको खाना दिने र अत्यधिक मूल्य लिने गरेको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको हो।

विभागले सार्वजनिक सवारीका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्र यात्रुलाई खाजा, नास्ता र खानाका लागि रोक्न आग्रह गरेको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन पनि भनिएको छ।

खानाको गुणस्तरका कारण यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ। यस विषयमा सम्बन्धित निकायले सूक्ष्म निगरानी गरिरहेको पनि विभागले उल्लेख गरेको छ।

त्यस्तै, होटल तथा रेस्टुरेन्टमा खानाको स्वच्छता र गुणस्तरमा कमी पाइएमा वा मूल्यमा ठगी भएमा यात्रुलाई नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गर्न विभागले आग्रह गरेको छ।

यात्रुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयमा समेत उजुरी तथा जानकारी दिन सक्ने विभागले जनाएको छ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड
दशैँ सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ । कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। ...

बेलीब्रिज निर्माण सम्पन्न नहुँदा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा, तुइन चढ्न घण्टौँ कुर्नुपर्ने
नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् । समयमै बेलीब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपरेको हो। दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन विहीबार मात्र हाुँदैछ । पुल सञ्चालनमा नआउँदा यात्रुहरूले घण्टौँ प्रतीक्षा गरेर तुइनबाट नदी पार गर्नुपर्ने बाध्यता छ । दशैँ मनाउन घर फर्किंदै गरेकी विदुर नगरपालिका–१३ की मायाँ तामाङ ...

कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम
नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। १ हजार ५०० मत गणना हुँदा डा. भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। यससमूहबाट ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्मको मतपरिणामअनुसार जानुका पन्तले ५०७, गीता देवकोटाले ५०५, जानकी सिंहले ४४७, अम्बिका सुवेदी र कृष्णकुमारी बस्नेतले समान ४२५, देवकी गौतमले ४१३, अधिवक्ता सरिता तिम्सिना ...

दोहोरो कर हटाउन सातै प्रदेशका सरकारसँग निजी क्षेत्रको अनुरोध
२८ असाेज, विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दाेहाेराे कर हटाउन माग गरेकाे छ । मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्याेग वाणिज्य संघ काेशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बनाउन माग गरेकाे हाे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र… ...