Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ । मन्त्रालयले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बिमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्न अनुरोध गरेको हो । मन्त्रालयका अनुसार पत्रमा नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पत्राचार, समन्वय र सहजीकरण गरिदिन आग्रह गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बिमामा आबद्धता विस्तार गर्ने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरिएको मन्त्रालयले प्रेस नोटमार्फत जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा
ताजा खबरJust now

रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा

मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको फिल्म ‘रणबाली’ छिट्टै रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि अभिनेत्री सामाजिक कामबाट सबैको मन छुन सफल भएकी छन् । उनले ४०० परिवारलाई आर्थिक सहयोग... ...

रातोपाटी
चन्द्रपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
ताजा खबरJust now

चन्द्रपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट बुधबार १ बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी २ वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०:५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा […] ...

काठमाण्डुपाटी
अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्‍याइ दिने
ताजा खबरJust now

अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्‍याइ दिने

काठमाडौं।सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे। सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नु पर्ने छैन। यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ ...

नेपालन्युज
अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि घरमै पुर्‍याइने
ताजा खबरJust now

अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि घरमै पुर्‍याइने

काठमाडौँ, असोज २८ गते । सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को सिमकार्ड उपलब्ध ग... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play