Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सखुवाको खसीबोका बजार तीन दिन सञ्चालन हुने

सखुवाको खसीबोका बजार तीन दिन सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सखुवाको खसीबोका बजार तीन दिन सञ्चालन हुने

धनुषा । सखुवाको मवेसी (खसीबोका) हाटबजार तीन दिन सञ्चालन हुने भएको छ । दसैँमा खसीबोकाको खरिदबिक्री बढेपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ मा हाटबजारको समय बढेको हो । बजार व्यवस्थापन समितिका अनुसार दसैँका अवसरमा खसीबोका खरिद गर्ने उपभोक्ता तथा बिक्रीका लागि ल्याउने किसान र व्यापारीको सुविधालाई ध्यानमा राख्दै बिहीबार, शुक्रबार र शनिबार बजार सञ्चालन गर्न लागिएको हो । यसअघि उक्त बजार मङ्गलबार र शनिबार गरी सातामा दुई दिन मात्र सञ्चालन हुँदै आएको थियो । बजारका ठेकेदार अनिल चौधरीले दसैँका बेला खसीबोकाको माग बढेको र खरिदबिक्री गर्नेको चापसमेत वृद्धि भएकाले बजार सञ्चालनको अवधि थप गरिएको बताए । चाडपर्वका समयमा उपभोक्ताले आफूलाई आवश्यक खसीबोका खरिद गर्न र किसान तथा व्यापारीले सहज रूपमा बिक्री गर्न सकून् भन्ने उद्देश्यले बजार सञ्चालनको समय बढाइएको ठेकेदार चौधरीले बताए । दसैँमा घरघरमा मासुका लागि खसीबोका खरिद गर्ने चलन छ ।सखुवास्थित मधेसी खसीबोका बजार स्थानीय किसान तथा पशुपालकका लागि उत्पादन बिक्री गर्ने महत्वपूर्ण स्थल हो । घरपालुवा खसीबोका बजारमा ल्याएर बिक्री गर्न पाउने भएकाले चाडपर्वको समयमा किसानलाई आम्दानी गर्ने अवसरसमेत प्राप्त भएको छ । व्यापारी महेन्द्र यादवले खसीबोका बिक्री वितरण कार्यले बजार चलायमान भएको बताए । बजार थप तीन दिन सञ्चालन हुँदा खसीबोका खरिदबिक्रीका लागि उपभोक्तालाई समयको छनोट हुने तथा किसान र व्यापारीलाई बिक्री व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।दसैँ नजिकिँदै जाँदा खसीबोका खरिद गर्ने उपभोक्ताको चहलपहल बढेको छ । यो अवधिमा स्थानीय पशुपालक किसान, व्यापारी तथा अन्य व्यवसायीलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । दसैँमा खसीबोकाको माग उच्च रहने भएकाले बजारमा खरिदबिक्री सहज बनाउनुका साथै उपभोक्ताले उचित मूल्यमा खसीबोका खरिद गर्न पाउने वातावरण बनाउनुपर्ने आवश्यकता छ ।बजारको व्यवस्थापन र व्यवस्थित कारोबारले किसान तथा व्यापारीलाई आफ्नो उत्पादन बिक्री गर्न र उपभोक्तालाई आवश्यक सामग्री खरिद गर्न सहयोग पुग्ने देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा
ताजा खबरJust now

रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा

मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको फिल्म ‘रणबाली’ छिट्टै रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि अभिनेत्री सामाजिक कामबाट सबैको मन छुन सफल भएकी छन् । उनले ४०० परिवारलाई आर्थिक सहयोग... ...

रातोपाटी
चन्द्रपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
ताजा खबरJust now

चन्द्रपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट बुधबार १ बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी २ वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०:५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा […] ...

काठमाण्डुपाटी
अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्‍याइ दिने
ताजा खबरJust now

अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्‍याइ दिने

काठमाडौं।सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे। सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नु पर्ने छैन। यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ ...

नेपालन्युज
अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि घरमै पुर्‍याइने
ताजा खबरJust now

अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि घरमै पुर्‍याइने

काठमाडौँ, असोज २८ गते । सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को सिमकार्ड उपलब्ध ग... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play