नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढ्यो

काठमाडौं ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढेर दुई हजार ६२१ दशमलव २६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अंकले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ। फ्लोट सूचक एक दशमलव ६१ अंकले बढेर १८१ दशमलव ६३ मा पुगेको छ। सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अंकले बढेर १६० दशमलव ६८ मा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर चार अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैंयाँमा खरिद–बिक्री भएका छन्। तेह्र वटै उपसमूहमध्ये सबै उपसमूह बढेका छन्। आज १८८ कम्पनीको शेयर बढ्यो भने ८० कम्पनीको शेयर घट्यो।त्यसैगरी, नौ कम्पनीको शेयर स्थिर रह्यो। नेप्सेका अनुसार आज एसबिएल डिबेञ्चर, नेपाल एसबिआई बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सगरमाथा जलविद्युत् कम्पनी, एभरेष्ट कलर र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

रश्मिकाले लिइन् ४०० परिवारको राशन खर्च जिम्मा
मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको फिल्म ‘रणबाली’ छिट्टै रिलिज हुँदैछ । फिल्म रिलिज हुनुअघि अभिनेत्री सामाजिक कामबाट सबैको मन छुन सफल भएकी छन् । उनले ४०० परिवारलाई आर्थिक सहयोग... ...

चन्द्रपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट बुधबार १ बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी २ वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०:५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा […] ...

अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, हुलाकले घरघरमै पुर्याइ दिने
काठमाडौं।सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले आज मन्त्रालयबाट ‘हुलाक–सिम सेवा’ को शुभारम्भ गरे। सो सेवा सञ्चालनमा आएसँगै नागरिकले टेलिकमको सिमकार्ड लिन दूरसञ्चार कार्यालय पुगी राख्नु पर्ने छैन। यस सेवाअन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड ‘फिजिकल’ ...
.jpeg)
अब चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि घरमै पुर्याइने
काठमाडौँ, असोज २८ गते । सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को सिमकार्ड उपलब्ध ग... ...


