रियाल मड्रिडको पुनरागमन जितमा एमबाप्पेको कीर्तिमान

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले यूईएफए च्याम्पियन्स लिगमा इटालीको रोमाविरुद्ध ४–३ को रोमाञ्चक पुनरागमन जित निकालेको छ । बुधबार ओलिम्पिको रंगशालामा पाहुना टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पे, कार्लोस एस्पी, एन्ड्रिक र एन्टोनियो रुडिगरले गोल गरे । रोमाका डोन्येल मालेनले दुई तथा मार्टेन डे रुनले एक गोल गरे । खेलको २०औँ मिनेटमा रुनको गोलमार्फत रोमाले अग्रता लिएको थियो । तर, टोलीले त्यसलाई लामो समयसम्म टिकाउन सकेन । गोल व्यहोरेको पाँच मिनेटपछि नै एमबाप्पेले रियाललाई बराबरीमा ल्याए । मालेनले ५१ र ५८औँ मिनेटमा गोल गर्दा रोमा ३–१ ले अगाडि बढ्यो । दुई गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर सानदार प्रदर्शन गर्दै रियालले जित निकाल्यो । एस्पीले ८३ र एन्ड्रिकले ८५औँ मिनेटमा गोल गर्दै रियाललाई ३–३ को बराबरीमा ल्याए । निर्धारित समयको अन्तिम मिनेटमा रुडिगरले गरेको गोल रियालको जितमा निर्णायक बन्यो । यो एमबाप्पेको १००औँ च्याम्पियन्स लिग खेल थियो । यससँगै २७ वर्षिय एमबाप्पे च्याम्पियन्स लिगमा १०० खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यसअघि अर्जेन्टाइन स्टार लियोनल मेसीले सन् २०१५ मा २८ वर्षको उमेरमा १०० च्याम्पियन्स लिग खेल खेल्ने कीर्तिमान बनाएका थिए । लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको रियाल आठौँ स्थानमा छ । पराजित रोमा एक अंकका साथ २५औँ स्थानमा छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जेनजी आन्दोलनपछि कांग्रेसको राजनीतिमा एकपछि अर्को सफलता चुम्दै बासना
काठमाडौँ । बासना थापा नेपाली कांग्रेसको राजनीतिमा लागेको धेरै भयो । १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी उनी १४औँ महाधिवेशनमा भने पराजित भइन् । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि भने बासनाले... ...

बाढीबाट प्रभावित सोलुखुम्बुका १४ परिवारलाई सात लाख सहयोग
सोलुखुम्बु समाचारदातासोलुखुम्बु, असोज २९ गते । भोटेकोशीमा आएको भीषण बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन भएका सोलुखुम्बुका १४ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।गत भदौ १० ग... ...

बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार
गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताएका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई ...

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
काठमाडौं – साताको कारोबार हुने बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक बिहीबार प्रि–ओपन सेसनमा ०.१५ अंकले बढेर २६२१.४१ विन्दुमा पुगेको हो । यद्यपि, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंकले घटेको छ । बिहीबारको प्रि–ओपन सेसनमा ५३ वटा स्टकको ९० ...


