Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/आखिर नरपिचास नै रहेछन सांसद खगेन्द्र सुनार !

आखिर नरपिचास नै रहेछन सांसद खगेन्द्र सुनार !

Share:WhatsAppFacebookX (Twitter)Telegram
आखिर नरपिचास नै रहेछन सांसद खगेन्द्र सुनार !

खगेन्द्र सुनार अराजक हुन, मनपरी बोल्छन भन्ने दुनियाँलाई जानकारी भएकै बिषय हो तर उनी यति निकृष्ट र नरपिचास पनि रहेछन भन्ने कुराचाँहि अडियो काण्डले छताछुल्ल पारिदियो । अव प्रधानमन्त्री बालेन र रवि लामिछाने उनको सती जान्छन कि मानवताको पक्षमा उभिन्छन भन्ने छिनोफानो हुनेछ । गणेश बस्नेत यतिबेला सत्तारुढ दल रास्वपाका बाहुबली सांसद खगेन्द्र सुनार गम्भीर अपराधमा मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन । अराजक अतितबीच जनताले मत दिएर कानून बनाउन संसदमा पठाएको ब्यक्ति आफै महिला र बच्चामाथि आमाचकारी गरेर ‘रगत पिउने’ धम्की बाहिर आएको घटना मानव इतिहासमा बिरलै सुन्न सकिने कलंकित तथ्यलाई उनको बोलीले फेरि एकपटक सोचनीय बनाएको छ । महिला र बालबालिकालाई चरम यातना दिएको र फोनबाटै ‘रगत पिउने’ धम्की दिएको अडियो सार्वजनिक भएपछि सांसद खगेन्द्र सुनारको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ । यदि अडियो प्रामाणिक ठहरिन्छ र आरोपहरू प्रमाणित हुन्छन् भने, त्यो केवल अमानवीय व्यवहारको विषय मात्र हुनेछैन, जनताको मतबाट संसद् पुगेको व्यक्तिको सार्वजनिक जिम्मेवारी, मानवीय मर्यादा र लोकतान्त्रिक मूल्यलाई नै कठघरामा उभ्याउने इतिहासकै कलंकित घटना हुनेछ । जनताको प्रतिनिधि बनेको व्यक्तिमाथि यति गम्भीर आरोप लाग्दा प्रश्न उठ्नु स्वाभाविक छ–नागरिकलाई सुरक्षा र न्यायको भरोसा दिनुपर्ने व्यक्तिको व्यवहारमै भय र त्रासको आरोप किन जोडियो ? राजनीति जनताको विश्वास जित्ने माध्यम हो, कसैलाई आतंकित पार्ने छुट होइन । अब आवश्यक छ–अडियोको निष्पक्ष परीक्षण, आरोपको गम्भीर अनुसन्धान र पीडितलाई न्यायको अनुभूति । महिला र बालबालिकालाई चरम यातना दिएको तथा फोनमार्फत ‘रगत पिउने’ धम्की दिएको भनिएको अडियोले गम्भीर प्रश्न उठाएको छ– जनताको प्रतिनिधि बनेको व्यक्तिको व्यवहार र मानवीय मर्यादाबीचको सीमा कहाँ छ ? राजनीति जनताको विश्वास जित्ने माध्यम हो, कसैलाई त्रासमा राख्ने लाइसेन्स होइन । संसद् पुग्नु सार्वजनिक जिम्मेवारी प्राप्त गर्नु हो, आलोचनाभन्दा माथि उठ्नु वा कानुनभन्दा माथि हुनु होइन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियोमा सुनिएका अभिव्यक्ति र उनीमाथि लागेका महिला तथा बालबालिकालाई चरम यातना दिएको आरोपले गम्भीर सामाजिक र नैतिक प्रश्न खडा गरेका छन । यदि अडियोको प्रामाणिकता पुष्टि हुन्छ र त्यसमा सुनिएका धम्की तथा आरोपित व्यवहार प्रमाणित हुन्छन् भने, त्यस्तो आचरणलाई कुनै पनि बहानामा सामान्यीकरण गर्न सकिँदैन । ‘रगत पिउने’ जस्तो धम्कीले व्यक्तिको सुरक्षा र आत्मसम्मानमाथि गम्भीर प्रहार गर्न सक्छ । महिला र बालबालिकामाथि यातना दिइएको आरोप सत्य ठहरिएमा त्यो पीडितको अधिकारमाथिको गम्भीर उल्लङ्घन हुनेछ । यस्तो अवस्थामा आक्रोश उठ्नु स्वाभाविक हो । तर आक्रोशको केन्द्र कुनै व्यक्तिलाई प्रमाणबिनै दोषी ठहर गर्नु होइन, सत्य सार्वजनिक गराउनु र न्याय सुनिश्चित गर्नु हुनुपर्छ । अडियोमा सुनिएका शब्द, त्यसको वास्तविक सन्दर्भ र घटनासँग सम्बन्धित प्रमाणको निष्पक्ष परीक्षण आवश्यक छ । जनप्रतिनिधि कि भयको स्रोत ? जनताले सांसदलाई आफ्नो आवाज संसदमा पुर्याउन, अन्यायविरुद्ध बोल्न र नागरिकको अधिकार रक्षा गर्न चुनेका हुन् । महिला र बालबालिकाले नै असुरक्षा महसुस गर्नुपर्ने अवस्था उत्पन्न भएको हो भने त्यो समाज र राज्य दुवैका लागि गम्भीर चिन्ताको विषय हो । यस प्रकरणमा कानूनको शासन कायम गरेर नयाँ भनेको सत्ता आतंकको छाँया हो ? भन्ने प्रश्नबाट सरकारले पनि मुक्ति पाउने अवसर पनि हुनसक्छ । जनप्रतिनिधिको मूल्याङ्कन उसको भाषण, राजनीतिक नाराबाजी वा दलगत पहिचानबाट मात्र हुँदैन, उसको आचरण, सार्वजनिक जवाफदेहिता र नागरिकप्रतिको व्यवहारबाट पनि हुन्छ । सुशासनको वाचा गर्ने राजनीतिक दल रास्वपाले आफ्ना प्रतिनिधिमाथि लागेका गम्भीर आरोपको निष्पक्ष छानबिनमा सहयोग गर्नु र त्यसबेलासम्म पदबाट निलम्बन गर्ने बाटो रोज्नु यतिबेला आवश्यक छ । मानवतामाथिको कलंक महिला र बालबालिकामाथिको हिंसा कुनै राजनीतिक दलको आन्तरिक विवाद होइन । यो मानवीय मर्यादा, नागरिक सुरक्षा र कानुनी शासनसँग सम्बन्धित विषय हो । राजनीतिक निकटताका आधारमा हिंसाको आरोपलाई ढाकछोप गर्नु र राजनीतिक विरोधका आधारमा प्रमाणबिनै कसैलाई अपराधी घोषणा गर्नु-दुवै न्यायका लागि घातक छन्। त्यसैले सम्बन्धित निकायले अडियोको प्रामाणिकता परीक्षण गर्नुपर्छ, आरोपसँग सम्बन्धित प्रमाण सङ्कलन गर्नुपर्छ र सम्भावित पीडितको सुरक्षा सुनिश्चित गर्नुपर्छ । आरोपित सांसदलाई पनि आफ्नो पक्ष राख्ने अवसर दिँदै कानुनअनुसार निष्पक्ष अनुसन्धान अघि बढाउनुपर्छ । तथ्यले भन्छ-खगेन्द्र सुनार अराजक हुन, मनपरी बोल्छन भन्ने दुनियाँलाई जानकारी भएकै बिषय हो तर उनी यति निकृष्ट र नरपिचास पनि रहेछन भन्ने कुराचाँहि अडियो काण्डले छताछुल्ल पारिदियो । अव प्रधानमन्त्री बालेन र रवि लामिछाने उनको सती जान्छन कि मानवताको पक्षमा उभिन्छन भन्ने छिनोफानो हुनेछ अन्ततः प्रश्न खगेन्द्र सुनार कुन पार्टीका सांसद हुन् भन्ने होइन, प्रश्न महिला र बालबालिकाको सुरक्षा तथा मानवीय मर्यादाको पक्षमा राज्य कति दृढतापूर्वक उभिन्छ भन्ने हो । यदि आरोप प्रमाणित हुन्छन् भने राजनीतिक पद वा पहुँचले कसैलाई पनि कानुनी जवाफदेहिताबाट बचाउन हुँदैन। मानवता भाषणमा होइन, व्यवहारमा देखिन्छ । जनताको प्रतिनिधि हुनु सम्मान मात्र होइन, जिम्मेवारी पनि हो । महिला र बालबालिकामाथिको हिंसा तथा धम्कीका आरोपलाई गम्भीरतापूर्वक लिनु, सत्यको निष्पक्ष खोज गर्नु र पीडितलाई न्याय दिलाउनु नै लोकतन्त्रको वास्तविक परीक्षा हो । तथ्यले भन्छ-खगेन्द्र सुनार अराजक हुन, मनपरी बोल्छन भन्ने दुनियाँलाई जानकारी भएकै बिषय हो तर उनी यति निकृष्ट र नरपिचास पनि रहेछन भन्ने कुराचाँहि अडियो काण्डले छताछुल्ल पारिदियो । अव प्रधानमन्त्री बालेन र रवि लामिछाने उनको सती जान्छन कि मानवताको पक्षमा उभिन्छन भन्ने छिनोफानो हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित
राजनीतिJust now

कांग्रेस महाधिवेशन : ३५ वर्ष मुनी उमेर समूहबाट सुशील भट्टसहित ७ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सात प्रदेशबाट ३५ वर्ष उमेर समूहका ७ युवा नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मंगलबार साँझ आएको अन्तिम मत परिणाम अनुसार ७ वटा प्रदेशबाट ३५ वर्ष मुनिका ७ युवा छनोट हुने व्यवस्था रहेको थियो । जसमध्ये सचिन तिमिल्सेनाले सर्वाधिक मत ल्याएका छन् । उनले ३ हजार १ […] ...

लोकपथ
कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित
राजनीतिJust now

कांग्रेसकाे खुल्ला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार रामहरि खतिवडा र अजयबाबु शिवाकोटी सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ। खतिवडा २ हजार ९१० मत प्राप्त गर्दै सर्वाधिक मतसहित विजयी हुनुभएको हो। त्यस्तै, शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरी सहमहामन्त्री पदमा निर्वाचित हुनुभएको छ। यस पदमा गण्डकी प्रदेशका सांसद डिल्लीराम ...

जनताटाइम्स
खगेन्द्र सुनार : विद्रोही छविमा विवादको दाग
राजनीतिJust now

खगेन्द्र सुनार : विद्रोही छविमा विवादको दाग

पछिल्लो चुनावबाट रास्वपाको पल्लाभारी मात्रै भएन, ऊ अहिले त्यसै भारीबाट थिचिन थालेको छ । त्यसैले उसका कतिपय निर्वाचित सांसदले नै चाउचाउको कुपनको उपमाको आरोप खेपिरहेका छन् । कतिपयका लज्जास्पद बोली–व्यवहारले सांसद पदकै गरिमाको धज्जी उडाइरहेको छ । त्यसैको पछिल्लो उदाहरण बनेका छन्– खगेन्द्र सुनार । खासमा खगेन्द्रको भनिएको त्यो अडिओको वास्तविकता जुनसुकै समय वा सम्बन्धको सन्दर्भमा भएको भए पनि सत्य ...

फरकधार
कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत, अरु कस-कसले जिते चुनाव ?
राजनीतिJust now

कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा वासना थापालाई सर्वाधिक मत, अरु कस-कसले जिते चुनाव ?

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्यमा संसदीय दलकी प्रमुख सचेतक वासना थापा सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ। थापाले ५ हजार १९३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गर्नुभएको हो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि उहाँ केन्द्रीय सदस्य चयन हुनुभएको थियो। महिला खुलातर्फ कांग्रेस सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी पनि केन्द्रीय ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play