Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

10/15/2026, 4:34:14 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो । त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ । भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरेको थियो । त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूको उच्च प्राथमिकतामा रहेको बताए। छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि रेडक्रसले बनाउने भयो २ हजार घर, ५ हजारलाई भाडा सहायता
OthersJust now

भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि रेडक्रसले बनाउने भयो २ हजार घर, ५ हजारलाई भाडा सहायता

नेपाल रेडक्रस सोसाइटी र पुर्वाधार विकास मन्त्रालयको भवन विभागसँग आपसी समझदारी भएको छ । सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावित नागरिकका लागि दुई हजार घर बनाइदिनेगरी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । एक हजार अस्थायी र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए। आवास निर्माणको लागि बिहीबार पुर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता हो ...

पर्दाफास
सूर्यविनायक बालमैत्री नगरपालिका घोषणा, बालअधिकार संरक्षणमा महत्त्वपूर्ण उपलब्धि : मुख्यमन्त्री थापा मगर
OthersJust now

सूर्यविनायक बालमैत्री नगरपालिका घोषणा, बालअधिकार संरक्षणमा महत्त्वपूर्ण उपलब्धि : मुख्यमन्त्री थापा मगर

भक्तपुर, असाेज २९। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सूर्यविनायक नगरपालिकालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका’ घोषणा गरिनु बालअधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण र बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ। सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने आजकाे कार्यक्रममा बाेल्दै उहाँले साे कुरा बताउनुभएकाे हाे । उहाँले आफूलाई साे विशेष समारोहमा प्रमुख अतिथिका रूपमा ...

जनताटाइम्स
बढ्यो महँगी
OthersJust now

बढ्यो महँगी

चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति ) ६.३४ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फीति जम्मा १.८७ प्रतिशत रहेको थियो । ...

अनलाइन खबर
सिटिजन्स बैंकका ग्राहकलाई होटल र साइकल खरिदमा १५ प्रतिशतसम्म छुट
OthersJust now

सिटिजन्स बैंकका ग्राहकलाई होटल र साइकल खरिदमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले तीनवटा व्यावसायिक संस्थामा विशेष छुट पाउने भएका छन् । यसका लागि बैंकले रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रालिसँग समझदारी गरेको छ । समझदारीअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइकमा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play