विवादित अडिओ प्रकरणपछि रास्वपा सांसद खगेन्द्र सुनार दाङकाे कार्यक्रम छाडेर फर्किए

काठमाडौं, असोज २७ । विवादित अश्लील तथा धम्कीयुक्त अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा बाँके–३ का सांसद खगेन्द्र सुनार पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर दाङबाट फर्किनु भएकाे छ । बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँग सम्बन्धित भनिएको उक्त अडिओ सार्वजनिक भएपछि पार्टीले सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएसँगै सुनार दाङबाट फर्किनुभएकाे हाे । आगामी निर्वाचनलाई लक्षित गरी सर्वेक्षण गर्न रास्वपाले सुनारसहित सांसद नगेन्द्रकुमार गुप्ता र सुष्मा स्वर्णकार (डिम्पल) लाई दाङ खटाएको थियो। आइतबार बेलुकी तुलसीपुर पुगेको टोलीले पहिलो दिन पश्चिम दाङका चार पालिकामा सर्वेक्षण गरेको थियो। कार्यतालिकाअनुसार मंगलबार घोराहीसहितका क्षेत्रमा छलफल गर्ने कार्यक्रम तय भएको थियो। तर, सुनार फर्किएपछि अन्य दुई सांसदले मात्रै बंगलाचुली गाउँपालिकामा पुगेर कार्यक्रमलाई निरन्तरता दिएका छन्। रास्वपा दाङका सभापति किरण खनालले बिहान सांसद सुनारलाई बिदाइ गरिएको जानकारी दिँदै अन्य कार्यक्रम भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन भएको बताउनुभयो। विवादित अडिओ सार्वजनिक भएपछि रास्वपाका महामन्त्री विपीन आचार्यले विज्ञप्ति जारी गर्दै उक्त विषयमा पार्टीको अनुशासन आयोगले छानबिन गर्ने जनाउनुभएको थियो। छानबिन प्रतिवेदन नआएसम्म सुनारलाई पार्टी नेता तथा सांसदको हैसियतमा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको पार्टीले जनाएको थियो। यता, सांसद सुनारले भने दाङबाटै भिडियो सार्वजनिक गर्दै उक्त अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट तयार पारिएको दाबी गर्नु भएकाे छ। उहाँले प्रहरीले केही व्यक्तिलाई उक्साएर आफूविरुद्ध षड्यन्त्र गरिएको आरोपसमेत लगाउनु भएकाे छ। अडिओको वास्तविकता र त्यससँग सम्बन्धित आरोपबारे भने पार्टीको अनुशासन आयोगको छानबिनपछि थप स्पष्ट हुने बताइएकाे छ । राज्यकाे तर्फबाट भने कुनै कारबाही अघि बढेकाे छैन ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा विजयी, नानूलाई साढे ३ हजार मतले हराइन्
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। महिलातर्फको एक पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी नानू बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन्। गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा […] ...

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् । ...

ठगीको आरोपमा महाधिवेशनस्थलबाट पक्राउ परेकी खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी नेतृ विनिता खड्का पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी खड्का सातौँ नम्बरमा मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । यसअघि विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य चयन भएकी उनी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । खड्का महाधिवेशनस्थलबाटै पक्राउ परेकी थिइन् । उनलाई ...

पीडित महिलाको बयान, ‘छोरी खोस्ने धम्की दिए, अन्तरङ्ग भिडियो नातालाई पठाइदिए, लगातारको यातनाले बिचलित भइसकेँ
काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरबहादुर सुनारको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गर्ने करिब पक्काजस्तै भएको छ । गत २ असोजको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्दा सुनार साउदीका लागि सिफारिसमा परेका थिए । सुनारविरुद्ध उनीबाट हिंसा र मानसिक तनावमा परेकी एकजना महिलाले उजुरी गरेकी थिइन् । त्यही उजुरीको अध्ययन […] ...


