Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दुई वर्ष यताकै उच्च बजार भाउ, ६.३४ प्रतिशतले बढ्यो महंगी

दुई वर्ष यताकै उच्च बजार भाउ, ६.३४ प्रतिशतले बढ्यो महंगी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई वर्ष यताकै उच्च बजार भाउ, ६.३४ प्रतिशतले बढ्यो महंगी

काठमाडौं । सर्वसाधारण उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्ने मूल्य गत भदौमा औसत ६.३४ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो मूल्यवृद्धि दर ४.४७ प्रतिशत विन्दुले बढी हो । भदौ २०८२ मा औसत मूल्यवृद्धि दर १.८७ प्रतिशत थियो । भारतलगायत तेस्रो राष्ट्रमा पनि मूल्य उकालो लाग्नु, अमेरिकी डलरको भाउ बढ्नु, पश्चिम एसियामा चलेको द्वन्द्वले निर्माण सामग्रीको भाउ बढ्नु, वर्षा र बाढीपहिरोका कारण आपूर्ति व्यवस्थापन प्रणाली बिग्रिनुलगायत कारण नेपालमा पनि मूल्यवृद्धि दर निरन्तर उकालो लागिरहेको हो । मासिक रूपमा तुलना गर्दा गत भदौको गएको २२ महिनायताकै सबैभन्दा बढी हो । आर्थिक वर्ष २०८१/८२ मंसिरमा वार्षिक विन्दुगत मूल्यवृद्धि दर (मुद्रास्फीति) ६.०५ प्रतिशत थियो । त्यसयता निरन्तर घटेको मूल्यवृद्धि दर कात्तिक २०८२ मा १.११ प्रतिशतमा झरेको थियो । त्यसयता पुनः बढ्न थालेको मूल्यवृद्धि गत भदौमा ६.३४ प्रतिशतमा पुगेको हो । नेपालको मूल्यवृद्धिमा भारतको मूल्यवृद्धिको प्रत्यक्ष असर परेको देखिन्छ । किनकि नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारमा ६० प्रतिशतभन्दा बढी हिस्सा भारतको छ । यसकारण भारतमा मूल्यवृद्धि अकासिएसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिन्छ । पछिल्लो पटक कात्तिक २०८२ देखि नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागिरहेको छ । जब कि भारतको मूल्यवृद्धि पनि लगातार बढिरहेको छ । पछिल्ला महिनामा मूल्यवृद्धि निरन्तर उकालो लाग्नुलाई राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले मुख्य गरी दुई कारण देखाउँछन् । पहिलो, करिब डेढ वर्षअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न देशका लागि भन्सार महसुल बढाएपछि विश्व बजारमै मूल्यवृद्धि अकासिन थालेको थियो । त्यसलगत्तै पश्चिम एसियामा द्वन्द्व सुरु भयो । यसकारण केही महिनायता निरन्तर मूल्यवृद्धि उकालो लागिरहेको छ । त्यसको निरन्तरता गत भदौमा पनि देखिएको हो । दोस्रो, भोटेकोशी बाढीले पुर्‍याएको जनधनको क्षति, सडकलगायत पूर्वाधारमा पटक–पटक क्षति पुग्दा आपूर्ति प्रणालीमा परेको असरलगायत कारणले आन्तरिक बजारमा मूल्यवृद्धिमा दबाब परेको हो । गएको दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर १.३४ प्रतिशतले ऋणात्मक थियो । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत थियो । गत भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८, फलफूलको १५.९९, चिनी तथा चिनीजन्य पदार्थको १२.१४, माछा तथा मासुको ७.३४, तरकारीको ७.०७ र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.७७, मदिराजन्य पेय पदार्थको ८.८३, कपडा तथा जुत्ताचप्पलको ७.०६, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको राष्ट्र बैंकको भदौ महिनाको प्रतिवेदनमा उल्लेख छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.७८ प्रतिशतले र सहर क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१९ प्रतिशतले बढेको छ । प्रदेशगत आधारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि सबैभन्दा बढी मधेशको ७.४८ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ५.१६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु
ताजा खबरJust now

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् । विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा ...

टक्सार
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

लुम्बिनी सञ्चार
कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
ताजा खबरJust now

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज ...

केन्द्रबिन्दु
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
ताजा खबरJust now

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play