दुई महिनामा भित्रियो चार खर्ब रेमिटेन्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८३–८४ को दुई महिना (साउनदेखि असोज) सम्ममा कुल चार खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्ष २०८३–८४ को यही अवधिमा तीन खर्ब ५२ अर्ब रेमिटेन्स भित्रिएको थियो। २४ प्रतिशतले रेमिटेन्स बढी भित्रिएको हो। मासिक करिब दुई खर्ब २१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो। करिब ३८ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। पछिल्लो ६ महिनादेखि निरन्तर मासिक दुई खर्ब रूपैयाँ रेमिटेन्स भित्रिरहेको छ। तुलनात्मक रूपमा दसैं तिहारजस्ता चाडपर्व नजिकिँदा समेत रेमिटेन्स भित्रिने दर बढ्ने गर्छ। यो अवधिमा एक अर्ब ५१ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा दुई अर्ब ४१ करोड रूपैयाँ बाहिरिएको थियो। एक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या भने ४.११ प्रतिशतले घटेको छ। यसअघि एक लाख ३६ हजार जनाले नयाँ र पुन: श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या एक लाख ३० हजारले यस्तो स्वीकृति लिएका छन्। रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ। विदेशी मुद्राको सञ्चिति ४० खर्ब ६५ अर्ब रूपैयाँ पुगेको छ। हालको सञ्चिति ऐतिहासिक उच्च हो। डलरको आधारमा पनि यस्तो सञ्चिति हालसम्मकै उच्च छ। यस्तो सञ्चिति २६ अर्ब ४८ करोड डलर छ। मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १७ महिना २४ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। यो पर्याप्तता सूचक उच्च हो। नेपालमा सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त भएको मानिन्छ। तर, पछिल्लो समय यो सञ्चिति सूचक घट्ने क्रममा छ। गत असारमा १९ महिनाभन्दा बढीको आयात धान्ने अवस्था रहेकोमा अहिले केही घटेको हो। दसैं तिहार लगायतका चाडपर्वमा आयात पनि बढ्ने भएकोले पनि यस्तो क्षमता केही घटेको देखिन्छ। चालु आर्थिक वर्षको यो दुई महिनामा मात्रै आयात अघिल्लो पटकको यही अवधिभन्दा ३१.६ प्रतिशतले बढेर चार खर्ब एक अर्ब रूपैयाँ पुगेको छ। त्यसअघि तीन खर्ब पाँच अर्ब रूपैयाँको आयात भएको थियो। The post दुई महिनामा भित्रियो चार खर्ब रेमिटेन्स appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरे । दुवै मुलुकबीच रहिआएको ...

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको भेटवार्ता
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरेका थिए। दुवै मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई ...

आईएमएफको वार्षिक बैठकमा पहिलोपटक नेपालको नेतृत्वदायी भूमिका, सांसद खड्काको पहलमा गरियो ‘नेपाल कर्नर’ कार्यक्रम
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सन् २०२६ को वार्षिक बैठकका अवसरमा बैंककमा आयोजित ‘नेपाल कर्नर’ कार्यक्रम बागलुङ -१ का प्रतिनिधिसभा सदस्य सुशील खड्काको पहल र नेतृत्वमा सञ्चालन गरिएको छ। कार्यक्रममा नेपालबाट पाँच जना सांसदसहित विभिन्न क्षेत्रका प्रतिनिधि, विज्ञ तथा बैंककमा रहेका नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो। इन्स्टिच्यु... ...

नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको ...


