Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् । यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार तीन दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जुम्ला, कालीकोट, मुगु, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिमबाट कूल ९३ जना खेलाडी सहभागी भएका जनाउँदै उनले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउँदा २१ जना खेलाडी प्रथम हुँदै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका बताए । उक्त खेलमा छनोट भएका खेलाडी पुरुषतर्फ रुकुम पश्चिमका लालबहादुर परियार, कमल खड्का, खड्क विक र रमेश गुरुङ, कालीकोटका विराज बम, सुर्खेतका जीवन सार्की, सल्यानका योगेन्द्र शाह र लीलाधर नेपाली तथा जुम्लाका नरेन्द्र रावत छन् । महिलातर्फ जुम्लाकी निशा बुढा, सरला खत्री र ज्ञानिता कुलाल तथा सुर्खेतकी दिप्ती नेपाली, देवीसरा सुनार र विविका बस्नेत छनोट भएका छन् । साथै पूजा गाहा, मोनिमा दर्लामी र पूजा खत्रीलगायत खेलाडी पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलकुद विकास समितिको कार्यालय जुम्लाले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

‘म मदनकृष्ण’ को छायाङ्कन
ताजा खबरJust now

‘म मदनकृष्ण’ को छायाङ्कन

गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ३० गते । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’ को पहिलो चरणको छायाङ्कन सकिएको छ । असोज २ देखि काभ्रेको धुलि... ...

गोरखापत्र
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
ताजा खबरJust now

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् ...

केन्द्रबिन्दु
पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’
ताजा खबरJust now

पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैंको शुभकामना दिएका छन्। शाहले शुक्रबार बिहान शुभकामना सन्देश जारी गर्दै विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । सन्देशमा शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनले भोटेकोशी र बूढीगण्डकी […] ...

काठमाण्डुपाटी
कलाद्वारा दैविक सौन्दर्य
ताजा खबरJust now

कलाद्वारा दैविक सौन्दर्य

काठमाडौँ, असोज ३० गते । सिद्धार्थ आर्ट ग्यालरीको ३९ औँ वार्षिकोत्सवका अवसरमा ३५ जना कलाकारको कृति समेटेर ‘दैविक सौन्दर्य’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ । यस प्रदर्शनीमा काठमाड... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play