Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातम खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन शुक्रबार स्कन्दमाता देवीको पूजा आराधना गरियो । छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रूपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । त्यसैगरी, उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

बाढीले अवरुद्ध कालीगण्डकी पुल सञ्चालनमा
ताजा खबरJust now

बाढीले अवरुद्ध कालीगण्डकी पुल सञ्चालनमा

अमरराज नहर्कीतनहुँ, असोज ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका जोड्ने पुल पुनः सञ्चालनम... ...

गोरखापत्र
ती दिनहरू फेरि आउँलान र ?
ताजा खबरJust now

ती दिनहरू फेरि आउँलान र ?

नेपालका विकासका पूर्वाधारले पर्याप्त रूपमा नछोएको पहाडी जिल्ला खोटाङको हालको खोटेहाङ गाउँपालिका–७ मा पर्ने एउटा सानो गाउँ हो, बरबोटे । कुनै समय जम्मा नौ घरपरिवारको बसोवास रहेको यो गाउँमा बाहुन, भुजेललगायत समुदायका मानिसहरू मिलेर बस्थे । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बरबोटे गाउँमा नै मेरो जन्म भएको हो । आफू जन्मिएको र हुर्किएको गाउँ कसलाई नराम्रो लाग्ला र ! तर पनि बरबोटेको सुन्दरता ...

हिमालय टाइम्स
इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन
ताजा खबरJust now

इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन

नेपाली कांग्रेसको १५औं महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना हो। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा, वर्तमानको आत्ममूल्यांकन र भविष्यको राजनीतिक दिशानिर्देश तय गर्ने अवसर पनि हो। यस महाधिवेशनबाट गगन थापालगायत पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव, पुस्तान्तरण र … ...

अन्नपूर्णपोष्ट
बडादशैँमा सिक्वेलको महाभिडन्त
ताजा खबरJust now

बडादशैँमा सिक्वेलको महाभिडन्त

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि बडादशैँ केवल चाडपर्वको समयमात्र होइन, वर्षकै महत्वपूर्ण व्यापारिक अवसर पनि हो । लामो बिदा, परिवार तथा साथीभाइसँग चलचित्र हेर्ने चलन र दर्शकको बढ्दो चहलपहलका कारण दशैँलाई निर्मातादेखि वितरक र हल सञ्चालकसम्मले विशेष महत्वका साथ हेर्ने गरेका छन् । यही अवसरलाई लक्षित गर्दै यसवर्ष नेपाली चलचित्रका चार चर्चित सिक्वेल प्रदर्शनमा आउने तयारीमा छन् । एक्सनप्रधान ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play