कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर नउठाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेका छन् । उनले भने, “आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला ।” उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एल निनोको जोखिमले मादागास्करमा भोकमरीको चिन्ता
विश्व मौसम विज्ञान सङ्गठनले अक्टोबरदेखि सुरु हुने एल निनोका कारण दक्षिणी अफ्रिकामा खडेरीको जोखिम बढ्ने चेतावनी दिएको छ ...

कांग्रेस सभापति गगन थापाले लिए शपथ
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज (असोज ३१ गते) शपथ ग्रहण गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा आयोजित एक कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन्। यससँगै नवनिर्वाचित सभापति थापाले पदबहालीसमेत गरेका छन्। बडादसैँका फूलपातीका अवसर पारेर थापाले शपथ ग्रहण तथा पदभार ग्रहण गरेका हुन्। कांग्रेस महाध... ...

नेपाललाई क्यानाडाले दियो २५७ रनको चुनौती, खेल जित्दा एक दिवसीय मान्यता जोगिने
ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा जितका लागि नेपालले २५७ रनको चुनौती पाएको छ । ...

जग्गाको सीमाना विवादमा धकेलाधकेल हुँदा ७५ वर्षीय वृद्धको मृत्यु
काठमाडौं । सप्तरीमा जग्गाको सीमाना विवादका क्रममा धकेलाधकेल हुँदा एक जना वृद्धको मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा शनिबार बिहान भएको घटनामा ७५ वर्षीय तेतर रायको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहान करिब ९ बजे २७ वर्षीय रघुनन्दन राय र तेतर रायबीच जग्गाको सीमाना विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा रघुनन्दनले तेतरलाई धकेलेपछि उनी भुइँमा लडेका थिए। घटनास्थलमै तेतरको मृत्यु ...


