Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/निर्माताको रोजाईमा किन पर्छ दशैं ?

निर्माताको रोजाईमा किन पर्छ दशैं ?

10/15/2026, 3:44:11 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्माताको रोजाईमा किन पर्छ दशैं ?

नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा दशैं पर्नेगर्छ । लामो बिदा भएकाले पनि यो समयमा प्रायः फिल्मकर्मी आफ्ना फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेका हुन्छ । केही वर्ष अगाडिसम्म दशैंमा १ वा २ फिल्म प्रदर्शन हुन्थे । तर, वि.स. २०८१ देखि यो सङ्ख्या बढेर तीनदेखि चार पुगेको छ । यो सङ्ख्या घरेलु फिल्म अर्थात नेपाली फिल्मको हो । विदेशी फिल्म जोड्ने हो भने दशैंमा दर्शकले न्यूनतम सात वटासम्म फिल्म हेर्ने च्वाइस पाउँछन् । राम्रा र ठूला व्याकरणका फिल्म एकआपसमा भिड्दा दर्शक बाँडिनु स्वाभाविक नै हो । प्रायः दर्शकले एउटा फिल्म हेर्ने योजना बनाएका हुन्छन्, त्यसैले अपेक्षित व्यापार नहुन पनि सक्ने बताइन्छ । यो वर्ष दशैंलाई लक्षित गर्दै तीन फिल्म प्रदर्शन हुँदैछन् । दर्शकले मन पराएर घरेलु बजारमा १० करोड बढीको कलेक्सन गरेपछि ती फिल्मका निर्माताले विदामा बढी दर्शक पाइने लोभले दशैं लक्षित गरेको पाइन्छ । दशैंलाई लक्षित गर्दै आगामी असोज ३० देखि ‘आबाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शन हुँदैछ भने असोज ३१ मा ‘छ माया छपक्कै २’ प्रदर्शन हुँदैछ । यी फिल्मको अघिल्लो भाग घरेलुबजारमा सफल थिए । आखिर निर्माताको रोजाईमा दशैं नै किन पर्छ त ? यसबारेमा अभिनेता, लेखक तथा निर्माता रहेका दीपकराज गिरी चाडपर्वमा फिल्म हेर्ने माहोल भएकाले पनि आफ्ना फिल्महरू दशैंमा आउने गरेको बताउँछन् । ‘हामीले आफ्ना फिल्महरू प्राय दशैंमै ल्याउने गरेका छौँ । किनकी हाम्रो फिल्म हेर्न परिवार नै आउनु हुन्छ, त्यसैले पनि फिल्म बनेपछि दशैं नै लक्षित गरेर प्रदर्शनमा ल्याउने गरेका छौँ’, अभिनेता गिरीले भने । त्यसो त उनको पहिलो निर्माण रहेको फिल्म ‘६ एकान ६’ माघेसंक्रान्तिलाई लक्षित गर्दै प्रदर्शन भएको थियो । त्यो समयमा पनि राम्रो व्यापार गरेको थियो । तर, अन्य समय भन्दा दसैँमा फिल्मको दर्शक बढ्ने पाएपछि अभिनेता गिरी दशैं छाड्न तयार छैनन् । उनी फिल्म तयार भएपछि दशैं रोज्ने गर्छन् । विसं २०८१ मा को दशैंमा प्रदर्शन भएको ‘१२ गाउँ’ ले अनपेक्षित व्यपार गरेपछि अभिनेता तथा निर्देशक विराज भट्ट यसको सिक्वेल आगामी असोज ३० मा ल्याउँदैछन् । ‘१२ गाउँ’ ले घरेलु बजारमा झन्डै २० करोडको ग्रस कमाइ गरेको थियो । सोही कारण यसको सिक्वेललाई दशैंमै ल्याउने अडानमा अभिनेता भट्ट थिए । नेपाली फिल्ममा लामो समय एक्सन स्टारको छवि बनाएका अभिनेता भट्टले नेपालीसँगै भोजपुरी भाषाका फिल्ममा पनि अभिनय गरे । भोजपुरी भाषाका फिल्महरूको दर्शक घट्न थालेपछि उनी नेपाल फर्किएर पुनः सक्रिय भएका हुन् । यद्यपि, उनको कमब्याक भने सुखद भएको थिएन । किनकि उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म ‘साङ्गलो’ सफल भएको थियो । ‘१२ गाउँ’ मार्फत उनले आफ्नो छोरा समीर भट्टलाई अभिनेताको रुपमा डेब्यु गराएपछि अचानक उनको चर्चा बढ्यो । सोही कारण ‘१२ गाउँ २’ दशैंमा प्रदर्शन हुँदैछ । यद्यपि, यसपटक अभिनेता विराज भट्टलाई सहज भने छैन । किनकि फिल्मको प्रचार हुने उदेश्यले उनले युट्युबमा सार्वजनिक गरेको ‘१२ गाउँ’ ले सकारात्मकको तुलनामा नकारात्मक प्रतिक्रिया धेरै पाएको छ । अर्थात् फिल्मलाई मन पराउने दर्शकको सङ्ख्या न्यून छ । त्यसकारण पनि ‘१२ गाउँ २’ के हुन्छ भन्ने जिज्ञाशा बढी छ । असोज ३० मै प्रदर्शन हुने अर्को फिल्म हो, ‘आ बाट आमा २’ । गत वर्ष विसं २०८२ को माघमा प्रदर्शन भएको फिल्मले घरेलु बजारमा झन्डै १३ करोड ग्रस कमाइ गरेको थियो । सोही कारण यसलाई दशैंमा प्रदर्शनमा ल्याउने निर्णय निर्देशक तथा निर्माता चन्द्र पन्तले गरेका छन् । यद्यपि, उनी फिल्मको कथामा दशैंको प्रसंग बलियो रुपमा जोडिएकाले दसैँ नै प्रदर्शनका लागि उपयुक्त रहेको बताउँछन् । ‘हामीले फिल्मको कथालाई दशैंसँग जोडेर तयार गरेका छन् । छोराको पर्खाइमा रहेकी आमाको कथा हो, त्यसैले पनि हामीले प्रदर्शनका लागि दशैं रोजेका हौँ । फिल्म हेरेपछि यो फिल्म दशैंमा नै किन प्रदर्शन गरियो भन्ने अझैँ धेरै प्रस्टीन्छ’, निर्देशक पन्तले भने । उनले फिल्मको शिर्षकमै ‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ भनेर ट्यागलाइन दिएका छन् । उल्लेखित तिनै फिल्मले सार्वजनिक गरेको प्रचार सामग्रीलाई अवलोकन गर्ने हो भने अन्य दुई भन्दा ‘आ बाट आमा २’ निकै अगाडि देखिएको छ । यसको सार्वजनिक गीतसङ्गीत, टिजर, ट्रेलरलाई युट्युबमा धेरै भ्यूज प्राप्त भएको छ । यसको आधारमा विश्लेषण गर्ने हो भने यसले घरेलुबजारमा बम्पर सुरुआत गर्नसक्छ । यद्यपि, फिल्म प्रदर्शन नभई यसबारे स्पष्ट भन्न सकिन्न् । बिदाको समय विनानै दर्शकको मनमा आफ्नो स्थान बनाएर घरेलुबजारमा सफल भएका यी फिल्महरू दसैँको बिदामा के हुन्छन् ? यो जिज्ञासा दर्शक भन्दा बढी फिल्मकर्मीलाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

म्याक्स टाइगरको रोमाञ्चक ‘दशैं धमाका’, थप दुईले जिते स्कुटर र मोटरसाइकल
OthersJust now

म्याक्स टाइगरको रोमाञ्चक ‘दशैं धमाका’, थप दुईले जिते स्कुटर र मोटरसाइकल

२९ असोज, काठमाडौं । दशैंको रौनकसँगै म्याक्स टाइगरको ‘दशैं धमाका’ चलिरहेको छ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कार विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ ।… ...

अनलाइन खबर
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
OthersJust now

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो । त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील ...

पर्दाफास
दशैं-तिहारमा यती एयरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
OthersJust now

दशैं-तिहारमा यती एयरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका

२९ असोज, काठमाडौं । दशैं, तिहार र छठको उमङ्गलाई थप रोमाञ्चक बनाउँदै यती एयरलाइन्सले आफ्ना यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियानमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको छ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play