Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला

Share:WhatsAppFacebookX (Twitter)Telegram
४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला
Photo / Coverage: टेक्नोलोजी खबर

२४ घण्टामै ४२ हजारभन्दा बढी आवेदन परेपछि अवरुद्ध भएको निःशुल्क अनलाइन एआई तालिमको आवेदन प्रक्रिया पुनः खुला गरिएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि सरकारी श्रमसंसार पोर्टलमार्फत नयाँ आवेदन फाराम उपलब्ध गराएको हो। ‘Mastering AI with Effective Prompt Engineering’ नामक तालिमका लागि इच्छुकले अब श्रमसंसारको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति आज कात्तिक १७ गते मंगलबार दिउँसो ३ बजेसम्म तोकिएको छ। यसअघि प्रतिष्ठानले गुगल फाराममार्फत तालिमका लागि आवेदन खुलाएको थियो। तर, आवेदन खुला भएको २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाले आवेदन दिएपछि फाराममा समस्या देखिएको थियो। गुगलले आफ्नो सेवा सर्त तथा नीतिसम्बन्धी कारण देखाउँदै उक्त फाराम निष्क्रिय पारेपछि आवेदन प्रक्रिया रोकिएको थियो। फाराम अवरुद्ध भएपछि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि आफ्नै आधिकारिक वेबसाइटमार्फत नयाँ आवेदन फाराम उपलब्ध गराउने जानकारी दिएको थियो। यद्यपि, सोमबार बिहानसम्म नयाँ फाराम सञ्चालनमा नआएको भन्दै इच्छुक आवेदक अन्योलमा परेका थिए। पछि श्रमसंसार पोर्टलमार्फत आवेदन प्रक्रिया पुनः सुरु गरिएको हो। प्रतिष्ठानले यसअघि पहिलो चरणमा सफलतापूर्वक आवेदन दर्ता गराइसकेका व्यक्तिको विवरण सुरक्षित रहेको जनाएको छ। उनीहरूले पुनः आवेदन दिनुपर्ने छैन। दोहोरो आवेदन रोक्न एक व्यक्तिले एक पटक मात्र फाराम भर्न प्रतिष्ठानले अनुरोध गरेको छ। तालिममा सहभागी हुन दुई हजार जनालाई छनोट गर्ने तयारी छ। आगामी कात्तिक १८ र १९ गते अनलाइन माध्यमबाट सञ्चालन हुने तालिम बिहान १० देखि दिउँसो १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चार सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सत्रमा ५०० जनालाई सहभागी गराइनेछ। तालिममा सहभागीलाई कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणको प्रभावकारी प्रयोग, प्रम्प्ट लेखन, अध्ययन तथा कार्यालय प्रयोजनका लागि एआईको उपयोगलगायत विषयमा प्रशिक्षण दिइनेछ। छनोट भएका आवेदकलाई एसएमएसमार्फत जानकारी गराइने प्रतिष्ठानले जनाएको छ। तालिम पूर्ण रूपमा निःशुल्क रहेको छ। सम्बन्धित समाचार निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन हुँदै, २ हजार जनालाई सहभागी गराइने The post ४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारी ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राऊ
TechnologyJust now

सरकारी ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राऊ

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) मा अनधिकृत पहुँच पुर्‍याएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राऊ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। साइबर ब्युरोका अनुसार पीपीएमओको ई–जीपी प्रणालीमा विभिन्न ठेक्काका विवरण हेरफेर गरिएको सम्बन्धमा प्राप्त ...

टेक्नोलोजी खबर
राष्ट्र बैंकको फिन्टेक प्रदर्शनीमा २७ संस्थाका डिजिटल वित्तीय सेवा, कर्जा र वित्तीय पहुँचमा जोड
TechnologyJust now

राष्ट्र बैंकको फिन्टेक प्रदर्शनीमा २७ संस्थाका डिजिटल वित्तीय सेवा, कर्जा र वित्तीय पहुँचमा जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयोजना गरेको फिन्टेक नवप्रवर्तन प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था र प्रविधि कम्पनीका २७ संस्थाले आफ्ना डिजिटल वित्तीय सेवा तथा प्रविधि प्रदर्शन गरेका छन् ।डिजिटल वित्तीय सेवाको विस्तार र प्रविधिमा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले सोमबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा ‘एनआरबी फिन्टेक इनोभेसन शोकेस इभेन्ट २०२६’ आयोजना गरिएको हो ।प्रदर्शनीमा डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा ...

आइसिटी समाचार
आफ्नै राउटर, नियन्त्रण टेलिकमको ! प्रशासनिक पहुँच सीमित भएको भन्दै हेलो सरकार’मा उजुरी
TechnologyJust now

आफ्नै राउटर, नियन्त्रण टेलिकमको ! प्रशासनिक पहुँच सीमित भएको भन्दै हेलो सरकार’मा उजुरी

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई आफ्नै फाइबर इन्टरनेटमा प्रयोग भइरहेको राउटरको प्रशासनिक पहुँच (एडमिन एक्सेस) सीमित गरेको भन्दै सरकारसँग हस्तक्षेपको माग गरिएको छ ।नेपाल टेलिकमका ग्राहक दिवस न्यौपानेले Huawei OptiXstar HG8145X6-10 GPON ONT राउटरको वेब व्यवस्थापन प्रणालीमा ग्राहकको पहुँच रोकिएको वा सीमित गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’ प्रणालीमार्फत औपचारिक उजुरी दिएका हुन् ।उजुरीमा नेपाल टेलिकमको इन्टरनेट सेवा ...

आइसिटी समाचार
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किएर दुर्घटना: एक विदेशीको मृत्यु, घाइते नेपाल मेडिसिटी ल्याइँदै
TechnologyJust now

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किएर दुर्घटना: एक विदेशीको मृत्यु, घाइते नेपाल मेडिसिटी ल्याइँदै

१७ कात्तिक, काठमाडौं। सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार अवतरण (ल्यान्डिङ) गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टरहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनामा फिस्टेल एयरका यात्रु रहेका एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको […] The post ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play