Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध
Photo / Coverage: नेपालन्युज

गुल्मी। पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ। गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ। जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। सडकमा ठूलो ढुङ्गा खसेका कारण स्काभेटर र ब्रेकरको सहायताले मात्र चट्टान फुटाउनुपर्ने अवस्था रहेकाले तत्काल सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय गाउँपालिकाले निरन्तर प्रयास गरिरहेका छन्। सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले आज बिहानदेखिनै उक्त स्थानमा स्काभेटर र जेसिभी परिचालन गरिएको बताए। उनका अनुसार ठूलो चट्टान भएकाले ब्रेकरको सहायताले चट्टान फोड्ने काम भइरहेको छ। चाडपर्वको समयमा मुख्य सडक नै अवरुद्ध बनेपछि उक्त सडकखण्ड भएर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। गुल्मीको रुद्रबेणी हुँदै बागलुङको बुर्तिवाङदेखि पूर्वी रुकुम आवजतावत गर्ने उक्त सडक यस क्षेत्रको अत्यन्तै व्यस्त सडकखण्डअन्तर्गत पर्दछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए
Latest NewsJust now

पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

हैदराबाद । एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मङ्गलबार भारी वर्षा भएको छ । चक्रवात मुरासुका कारण सम्भावित जोखिमबाट जोगाउन हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्यालय बन्द गर्नुका साथै रेल र केही हवाई सेवा रोकिएको छ । भारतीय मौसम विभागका अनुसार चक्रवात मुरासु मङ्गलबार बिहान आन्ध्र प्रदेशको प्रकाशम जिल्लास्थित ओङ्गोल नजिकै तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसबेला ...

केन्द्रबिन्दु
जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा
Latest NewsJust now

जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा जारी छ । खेलमा टस जितेको जनकपुरले विराटनगरलाई व्याटिङको निम्तो दिँदै पहिले बलिङ गरिरहेको छ । ...

रातोपाटी
एनपीएल: जनकपुरविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
Latest NewsJust now

एनपीएल: जनकपुरविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेपछि जनकपुरका कप्तान हरमित सिंहले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। यस खेलमा जनकपुर बोल्ट्सको कप्तानी हरमित सिंहले गरिरहेका छन् भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्नेछन्। ...

नेपालन्युज
लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ सुरु
Latest NewsJust now

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ सुरु

लुम्बिनी । लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम आइतबारदेखि सुरु भएको छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित सातदिने कार्यक्रममा विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान् तथा साधक सहभागी छन् । लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा आयोजना गरिएको कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धका उपदेश सामूहिक रूपमा वाचन गरिनेछ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play