Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ सुरु
Photo / Coverage: केन्द्रबिन्दु

लुम्बिनी । लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम आइतबारदेखि सुरु भएको छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित सातदिने कार्यक्रममा विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान् तथा साधक सहभागी छन् । लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा आयोजना गरिएको कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धका उपदेश सामूहिक रूपमा वाचन गरिनेछ । बौद्ध परम्परा र सम्प्रदायका अनुयायीलाई एउटै आध्यात्मिक अभ्यासमा जोड्दै बुद्धका शिक्षाको संरक्षण, अध्ययन र विश्वव्यापी प्रसार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् । कार्यक्रममा विश्वशान्ति, करुणा र सम्पूर्ण प्राणीको कल्याणका लागि सामूहिक प्रार्थना गरिनुका साथै तिब्बती बौद्ध धर्मपरम्पराको महत्त्वपूर्ण ग्रन्थ ‘काङ्ग्युर’मा सङ्ग्रहित बुद्धवचनको वाचन समेत गरने भएको छ । काङ्ग्युर तिब्बती बौद्ध परम्परामा बुद्धका उपदेशको प्रमुख सङ्ग्रह हो । यसमा सूत्र तथा तन्त्रसम्बन्धी विभिन्न ग्रन्थ समावेश छन् । त्यसैगरी, अङ्ग्रेजी भाषामा बुद्धवचन वाचनका लागि अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘८४००० : ट्रान्सलेटिङ द वड्र्स अफ द बुद्ध’ले अनुवाद गरेका ग्रन्थ प्रयोग गरिने आयोजकले बताए । उक्त संस्थाले तिब्बती बौद्ध ग्रन्थलाई आधुनिक अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्वभरका पाठकका लागि उपलब्ध गराउँदै आएको छ । तिब्बती बौद्ध परम्पराको महत्त्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । बौद्ध मान्यताअनुसार बुद्धले देवताको लोकमा आफ्नी माता तथा देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गर्नुभएको घटनाको स्मरणमा यो पर्व मनाइन्छ । तिब्बती बौद्ध पात्रोअनुसार नवौँ महिनाको २२ औँ दिनमा पर्ने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ । उक्त अवसरमा बुद्धवचन पाठ, ध्यान, प्रार्थना, दान तथा अन्य पुण्यकर्मलाई विशेष महत्त्व दिने गरिन्छ । बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देश र बौद्ध परम्पराका अनुयायी एकै स्थानमा भेला भई बुद्धका शिक्षाको सामूहिक वाचन तथा साधना गर्नाले लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक र आध्यात्मिक महत्त्व थप उजागर हुने अपेक्षा गरिएको छ । सात दिनसम्म सञ्चालन हुने कार्यक्रमले बुद्धका शान्ति, करुणा, मैत्री र अहिंसाका सन्देशलाई विश्व समुदायसम्म पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा पुग्यो
Latest NewsJust now

माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा पुग्यो

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नयाँ मुद्दा विशेष... ...

रातोपाटी
खेलकुदमय बन्यो रुकुम
Latest NewsJust now

खेलकुदमय बन्यो रुकुम

राजु लामिछाने रुकुमपश्चिम, कात्तिक १७ गते । रुकुमपश्चिमका गाउँबस्ती यतिबेला खेलकुदमय बनेका छन् । चाडपर्वको अवसर पारेर यहाँका विभिन्न स्थानमा फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट लगाय... ...

गोरखापत्र
स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी
Latest NewsJust now

स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी

काठमाडाैँ । कृषि, वन तथा पर्यावरण गीता चौधरीले स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवद्र्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। उनले ...

टक्सार
हेलिकप्टरद्वारा सुत्केरीको उद्धार
Latest NewsJust now

हेलिकप्टरद्वारा सुत्केरीको उद्धार

प्रेमराज सिम्खडाकालीकोट, कात्तिक १७ गते । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।डोल्पाको छार्काताङसोङ गाउँपालिका–कागकोटक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play