Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी
Photo / Coverage: टक्सार

काठमाडाैँ । कृषि, वन तथा पर्यावरण गीता चौधरीले स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवद्र्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। उनले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिए । तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना हुनु सान्दर्भिक रहेको उनको भनाइ छ । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने र नेपाली फूलको बजार विस्तार गर्ने माध्यमका रूपमा एक्स्पोले भुमिका खेल्ने उनले बताइन् । मन्त्री चौधरीले नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनको असर न्युनिकरणसँग जोड्नुपर्ने बताइन् । यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने उनले उल्लेख गरिन् । नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको उनले जानकारी दिइन् । उनले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको उत्पादन र बजारीकरणमा प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरिन् । उनले भनिन्, “नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिगत एवम् प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर रहेको विश्वास दिलाउन चाहन्छु । संघले राखेका हक हित, नीतिगत सहजीकरण, प्राविधिक सहयोगका सवालमा मन्त्रालय सधैँ सकारात्मक छ । यस क्षेत्रमा महिला सहभागिता बढिरहेको छ । रैथाने र नेपालमा उत्पादित वस्तुहरूलाई अहिले नेपाल सरकारले एकदम धेरै जोड दिइराखेको छ, त्यसमा जोड दिन पनि म अनुरोध गर्न चाहन्छु । व्यवसायीहरुले जग्गामा एकदम समस्या भएको पनि जानकारी गराउनुभयो । अब हामीले यसपटक कानूनमार्फत विशेष गरेर भूमि बैंकको अवधारणा हामी ल्याउँदै छौँ । छिटोभन्दा छिटो यसको समाधान हुनेछ । यहाँहरूले जुन तिहार यो चौथो तिहार फ्लोरा एक्स्पो २०८० को विशेष गरेर एकदमै भव्य रूपमा आयोजना गर्नुभएको छ, यस्तो खालको एक्स्पोहरू देशैभरि गर्न जरुरी छ ।” मन्त्रालयले वन तथा भू–संरक्षण विभाग, बागवानी केन्द्र, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा बायो–सेक्युरिटी केन्द्रमार्फत नर्सरी क्षेत्रको व्यवस्थापन, गुणस्तर नियमन, प्राविधिक सहयोग र तालिमका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलगायतका माध्यमबाट गुणस्तरीय नर्सरी स्थापना, अनुदान तथा फलफूलका बिरुवा वितरणका कार्यक्रमसमेत सञ्चालन भइरहेको उनको भनाइ छ । मन्त्री चौधरीले नर्सरी व्यवसायी संघले उठाएका नीतिगत सहजीकरण, व्यावसायिक हकहित र प्राविधिक सहयोगसम्बन्धी विषयमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गरिन् । नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले सरकारको स्वामित्वमा रहेका खाली जग्गाहरू नर्सरी व्यवसायीको लागि उपलब्ध गराउन माग गरिन् । लामो समय सरकारी स्वामित्वमा खाली भएका जग्गाहरूलाई उत्पादनमा लगाउनुपर्ने उनको भनाइ छ । उनले शहरी क्षेत्रमा खाली रहेका जग्गाहरू नर्सरी बजार स्थापना गर्ने वातावरण मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् । साथै सातै प्रदेशमा प्रदेशस्तरीय मेला प्रदर्शनी तथा तालिम संचालन गर्नेगरि नीति बनाउन उनले सरकारसँग आग्रह गरिन् । तिहारमा धेरै फूल आयात हुने हुनाले सयपत्री फूलमा आत्मनिर्भर बन्नलाई आयातलाई पुरै रोक्न पनि उनले सुझाव दिइन् । देशैभरि खाली रहेका जग्गाहरूमा भौगोलिक अवस्था हेरेर फूल फूल, जडीबुटी तथा व्यावसायिक खेती गर्नुपर्नेमा उनले जोड दिइन् । उत्पादनमा आत्मनिर्भर भएर निर्यात बढाउन सकेमा मात्रै देश समृद्ध हुने उनको भनाइ छ । ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारा मंगलवारदेखि शुरु भएको मेला कात्तिक २१ गतेसम्म चल्नेछ । मेलाले स्वदेशी उत्पादनको बजार विस्तार र हरित अर्थतन्त्रको विकासमा योगदान पु¥याउने संघकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले विश्वास व्यक्त गरिन् । पाँच दिन सञ्चालन हुने एक्स्पोमा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका उत्पादन समेटिएका छन् । मेलामा व्यावसायिक, सरकारी, संघका आधिकारिक तथा प्रतिस्पर्धात्मक गरी कुल ७३ वटा स्टल रहने संयोजक महर्जनले जानकारी दिइन् । उनका अनुसार एक्स्पोमा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । उनले भनिन्, “मेलामा ६३ वटा व्यवसायी स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, संघको अफिसियल ६ वटा स्टल तथा प्रतिस्पर्धाको ४ वटा स्टल समेत जम्मा ७३ वटा स्टल रहनेछ । यस मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै १ करोडभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरेका छौँ ।” संयोजक महर्जनले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्नुका साथै नर्सरी क्षेत्रमा लगानी, रोजगारी सिर्जना र नयाँ उद्यमशीलताको सम्भावना उजागर गर्नु एक्स्पोको उद्देश्य रहेको बताइन् । एक्स्पोमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी र बिक्रीसँगै नर्सरी व्यवसायसम्बन्धी जानकारी तथा व्यावसायिक उत्पादनको प्रवद्र्धन गरिने आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड बिगो माग
Latest NewsJust now

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र पेस गरेको हो । आयोगले प्रतिवादीहरूबाट करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ...

केन्द्रबिन्दु
जग्गा प्रकरणमा माधव नेपाल र मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध मुद्दा दर्ता, ७६ करोड बिगो दाबी
Latest NewsJust now

जग्गा प्रकरणमा माधव नेपाल र मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध मुद्दा दर्ता, ७६ करोड बिगो दाबी

• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। • जग्गा सट्टा र बेचविखन प्रकरणमा ७६ करोड बिगो दाबी गरिएको छ, जसमा ५३ जनालाई विपक्षी बनाइएको छ। • यसअघि पनि अख्तियारले काभ्रेको पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टामा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play