Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Photo / Coverage: पर्दाफास

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्को निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोप उनीहरूमाथि लगाइएको छ । अख्तियारका अनुसार माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद् बैठकले नै हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न अनुमति दिएको थियो । त्यसबेला मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न दिएर बिक्रीको वातावरण बनाइदिएको अख्तियारको आरोप छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यायपालिकामाथि स्वार्थको प्रहार स्वीकार्य छैन : नैनसिंह महर
OthersJust now

न्यायपालिकामाथि स्वार्थको प्रहार स्वीकार्य छैन : नैनसिंह महर

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकाको स्वतन्त्रता र राज्यका प्रमुख संस्थाहरूको विश्वसनीयतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पछिल्लो समय विशेष सेटिङका कारण न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरू विवादमा परेको भन्ने समाचारले गम्भीर प्रश्न खडा गरेको बताएका हुन् । नेता महरले कांग्रेस… ...

अनलाइन खबर
इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य
OthersJust now

इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play