काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र पेस गरेको हो । आयोगले प्रतिवादीहरूबाट करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । मुद्दामा पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नामसमेत समावेश छ । त्यस्तै, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आरोपपत्रमा शाखा अधिकृत बलराम निरौलाको नामसमेत रहेको छ । यसैगरी, भूमि व्यवस्था विभागका महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीलाई पनि प्रतिवादी बनाइएको छ । माधव कुमार नेपालसमेत_lha8uguDownload
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड बिगो माग

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






