Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/३ हजारको सामान किन्दा नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

३ हजारको सामान किन्दा नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

10/18/2026, 4:39:31 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
३ हजारको सामान किन्दा नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त गरेको बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत तामाङ बम्पर उपहारका लागि छनोट भएकी हुन्। उनले दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेकी थिइन्। उक्त खरिदको बिल नम्बरबाट प्राप्त कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक उपहारका विजेता घोषणा गरेका थिए। विजेता घोषणा भएपछि कलाकारद्वयले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी दिएका थिए। विभागका अनुसार बम्पर उपहारबाहेक असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेतासमेत छनोट भएका छन्। प्रत्येक दिन एक जनाका दरले छनोट भएका उनीहरूले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। दैनिक उपहारको घोषित राशि एक लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर
OthersJust now

विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई जोड्ने काम गर्ने बताए । उनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको न्युट्रल भेन्युका ...

पर्दाफास
नेपाल प्रहरीको कार्यसम्पादनमा रुपन्देही देशकै सर्वोत्कृष्ट
OthersJust now

नेपाल प्रहरीको कार्यसम्पादनमा रुपन्देही देशकै सर्वोत्कृष्ट

जिल्ला प्रहरी कार्यालय रुपन्देही नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट बनेको छ। प्रहरी सेवा प्रवाह, कार्यालय सञ्चालन, कार्यकुशलता, व्यावसायिक दक्षता, कानुन कार्यान्वयन तथा अवैध गतिविधि नियन्त्रणलगायतका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै रुपन्देही प्रहरीले पहिलोपटक ‘पुलिस व्याटन’ प्राप्त गरेको हो। नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कन (पुलिस व्याटन) २०८३ मा सर्वोत्कृष्ट बनेको रुपन्देही प्रहरीलाई ७१औँ प्रहरी दिवसको अवसरमा पुरस्कृत गरिएको छ। उत्कृष्ट ...

पर्दाफास
श्रीलंकाका चमिका करुणारत्नेले पोखरा एभेन्जर्सबाट खेल्ने
OthersJust now

श्रीलंकाका चमिका करुणारत्नेले पोखरा एभेन्जर्सबाट खेल्ने

१ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन क्रिकेटर चमिका करुणारत्नेलाई अनुबन्ध गरेको छ । श्रीलंकन पेस बलिङ अलराउण्डरलाई पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । ३० वर्षीय करुणारत्नेले श्रीलंकाको लागि १ टेष्ट, २६ ओडिआई र ४६ टी२० आई खेल खेलेका छन् । उनले सबैखाले टी२०… ...

अनलाइन खबर
फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ
OthersJust now

फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

बेल्जियमको ब्रसेल्स र लिज सहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। युरोपका विभिन्न भागमा बढ्दो महँगीविरुद्धको आन्दोलन चर्किरहेका बेला बेल्जियममा पनि तनाव उत्पन्न भएको युरोन्युजले जनाएको छ। युरोन्युजका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले पनि सुरक्षाकर्मीमाथि पानीका बोतललगायतका वस्तु प्रहार गरेको देखिएको थियो। बेल्जियमका गृहमन्त्री बर्नार्ड क्विन्टिनले यस घटनालाई हाम्रो समाजलाई अस्थिर बनाउन योजनाबद्ध रूपमा पटक–पटक गरिने विशुद्ध हिंसा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play