१९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

काठमाडौं । १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको जनाएको हो । गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा ८६ वटा स्टल रहने आयोजकले जनाएको छ । त्यस्तै, प्रदर्शनीमा नर्सरी तथा फर्मले उत्पादन गरेका गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले जानकारी दिए । यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने उनले बताए । त्यस्तै मेलामा व्यावसायिक रूपमा उत्पादन भएका गोदावरीका विभिन्न जात र यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिने उहाले जानकारी दिए । प्रदर्शनीको ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ । हाल देशभर ३२५ हेक्टरभन्दा बढि क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानीत लगानी रु ११ अर्व ५० करोड भन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पावरप्लेमै कर्णालीले गुमायो ३ विकेट
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले कमजोर सुरुवात गरेको छ। पावरप्ले सकिँदा कर्णालीले ३ विकेट क्षतिमा ३८ रन मात्र बनाएको हो। कर्णालीले ओपनर मार्क वाटलाई १ रनमा, दीपक डुम्रेलाई १३ र हुसेन तलातलाई ३ रनमा गुमाएको हो। जनकपुरका लागि राहुल यादवले २ तथा मोइन अलीले १ विकेट लिएका हुन्। ...

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
सप्तरी। मधेस प्रदेशको सप्तरीलगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ। मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ। देशमा सुविधायुक्त नवीनतम यातायाताका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य सामग्री ओसार्ने गोरु गाडा निर्विकल्प साधनको रुपमा प्रयोग भइरहेको ...

हिमाली भेगमा हिमआँधी र हिम पहिरोको जोखिम, पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने भएकाले अध्यागमन विभागले पर्यटकलाई पदयात्रा नगर्न आग्रह गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते हिमाली क्षेत्रमा मौसम खराब हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उक्त समयमा […] ...

‘अर्नब’ चक्रवात : उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
काठमाडौँ, कात्तिक १० गते । बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ... ...


