Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

सप्तरी। मधेस प्रदेशको सप्तरीलगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ। मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्‍याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ। देशमा सुविधायुक्त नवीनतम यातायाताका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य सामग्री ओसार्ने गोरु गाडा निर्विकल्प साधनको रुपमा प्रयोग भइरहेको पाइन्छ। महदेवा गाउँपालिका–५ भगपतपुरका दशरथमण्डल परम्परादेखि बैलगाडामा सामान आोसार्ने कामलाई अहिले पनि निरन्तरता दिइरहेको बताउँछन्। उनले भने, “मलाई याद भएदेखि घरमा बैलगाडा छ। दुई दशक अघिसम्म पनि टोलको अधिकांशको घरमा दुई वटा गोरु र बैलगाडा अनिवार्य हुन्थ्यो। कतै यात्रा गर्न, सामान ओसार्न, जन्तीजान, बेहुली ल्याउन पनि बैलगाडाकै प्रयोग हुन्थ्यो।’ तराईका जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि हलो जोत्न, माटो सम्याउन, पराल दाइ गर्न बैल अर्थात गोरुकै प्रयोग हुँदै आएको राजविराज नगरपालिका–१३ का किशुनदेव यादवले बताए। सहरी र सुगम क्षेत्रमा भने प्रविधिको विकाससँगै खेत जोत्न, माटो सम्याउन, पराल दाइ गर्न ट्याक्टरको प्रयोग हुँदै आएको छ। उखु, धान, पराल, मल, रहरी, चना, तोरीलगायत कुटानी–पिसानीका बस्तु गोरु गाडामा राखेर ओसारपसार गर्ने कार्यले मधेसको ग्रामीण क्षेत्रको मौलिकताको झल्को दिने तिरहुत गाउँपालिका गोइठीकी मेरिना देवले बताइन्। उनले भनिन्, “परम्परादेखि चली आएको बैलगाडा विगतमा ग्रामीण क्षेत्रको ऐतिहासिक र महत्त्वपूर्ण सवारीका रुपमा लिने गरिन्थ्यो। यसको प्रयोग खासगरी वर्षातको तुलनामा हिउँद महिनामा बढी प्रयोग गरिन्थ्यो।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

कर्णाली याक्सले गुमायो ६ विकेट
ताजा खबरJust now

कर्णाली याक्सले गुमायो ६ विकेट

काठमाडौँ। कर्णाली याक्सका अबकर अलि र गुलशन झा पनि आउट भएका छन् । अलि हरमित सिंहको बलमा एलबीडब्ल्यू आउट भएका हुन्। यस्तै झा ९ बलमा १२ रन बनाएर आउट भएका... ...

रातोपाटी
बागलुङमा राजस्व संकलन सकारात्मक
ताजा खबरJust now

बागलुङमा राजस्व संकलन सकारात्मक

रामकृष्ण बोहराबागलुङ, कात्तिक १० गते । नेपाल सरकारले आर्थिक विधेयक २०८३ मार्फत करको दायरा बढाउने र छुटको व्यवस्था समेत गर्ने प्रावधानले राजस्व सङ्कलनमा सफलता मिल्न थालेको छ । चालु... ...

गोरखापत्र
नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता, एक जनाको उद्धार
ताजा खबरJust now

नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता, एक जनाको उद्धार

नवलपुर । नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई किशोरकिशोरी र एक जना पहिचान नखुलेका पुरुष छन्। नदीमा डुबेका एक किशोरको भने सकुशल उद्धार गरिएको छ। नवलपुरको गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्कनजिकै सोमबार नदीमा डुबेर दुई जना बेपत्ता भएका हुन्। स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा डुब्न लागेपछि उनलाई बचाउन गैँडाकोट–२ का १५ वर्षीय ...

केन्द्रबिन्दु
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
ताजा खबरJust now

उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उडो युजेन भोल्जले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटको क्रममा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा सौहार्दपूर्ण छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९५८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध आपसी ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play