Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता, एक जनाको उद्धार

नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता, एक जनाको उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता, एक जनाको उद्धार

नवलपुर । नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई किशोरकिशोरी र एक जना पहिचान नखुलेका पुरुष छन्। नदीमा डुबेका एक किशोरको भने सकुशल उद्धार गरिएको छ। नवलपुरको गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्कनजिकै सोमबार नदीमा डुबेर दुई जना बेपत्ता भएका हुन्। स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा डुब्न लागेपछि उनलाई बचाउन गैँडाकोट–२ का १५ वर्षीय प्रतीक सापकोटा र १४ वर्षीय सबिन सुनार नदीमा पसेका थिए। त्यस क्रममा तीनै जना डुबेका थिए। घटनालगत्तै चितवनको राप्ती नगरपालिका–९ का ४१ वर्षीय चेकमान सिंह लामाले सबिनलाई सकुशल उद्धार गरेका थिए। वर्षा र प्रतीक भने अझै फेला नपरेको नवलपुर प्रहरीले जनाएको छ। यसैगरी, मंगलबार गैँडाकोट नगरपालिका–२ स्थित नारायणी पुलबाट हाम फालेका एक पुरुष बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार ती पुरुषको नाम, थर, ठेगाना र उमेर खुलेको छैन। ती पुरुषले खैरो–कालो रङको पाइन्ट, सेतो, कालो र हरियो मिश्रित हुडी तथा खैरो–कालो चप्पल छाडेका छन्। उनले गुलाबी रङको लेडिज साइकल पनि छाडेर पुलको छैटौँ खम्बामाथिबाट नदीमा हाम फालेको प्रहरीले जनाएको छ। बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सांसद थपलियाको घरमा चोरी गर्ने चारै जना भारतीय
ताजा खबरJust now

सांसद थपलियाको घरमा चोरी गर्ने चारै जना भारतीय

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर […] ...

लोकपथ
लुम्बिनीका सभामुखसहित पाँच जनाविरुद्ध सांसद काफ्लेले दायर गरिन् जालसाजी किर्ते मुद्दा
ताजा खबरJust now

लुम्बिनीका सभामुखसहित पाँच जनाविरुद्ध सांसद काफ्लेले दायर गरिन् जालसाजी किर्ते मुद्दा

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी भएको आरोप... ...

रातोपाटी
हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक
ताजा खबरJust now

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक

• हुम्लामा छाउपडी परम्परागत कुप्रथा अझै कायम रहेको छ, केही गाउँमा यसको अन्त्य भए पनि अधिकांशमा यो प्रथा जारी छ। • छाउपडी कुप्रथा विरुद्ध सडक नाटकमार्फत जनचेतना फैलाउने प्रयास गरिएको छ, जसमा महिलामाथि हुने हिंसा र सामाजिक अपराधको रूपमा यसको व्याख्या गरिएको छ। • नाटकले छाउपडी कुप्रथासँग सम्बन्धित भ्रम र यसका विरुद्ध आवाज उठाउन आवश्यकताको महत्त्वलाई उजागर गरेको छ। ...

नेपालबहस
विश्व कीर्तिमानी बलर शोएब अख्तर त्रिवि रंगशालामा
ताजा खबरJust now

विश्व कीर्तिमानी बलर शोएब अख्तर त्रिवि रंगशालामा

पाकिस्तानका विश्व कीर्तिमानी बलर शोएब अख्तर त्रिवि क्रिकेट रंगशालामा पुगेका छन्। नेपाल प्रिमियर लिग अन्तरगत जनकपुर बोल्ट्स र कर्णाली याक्सको खेल चलिरहँदा पूर्व क्रिकेटर अख्तरले रंगशालामै पुगेर खेल हेरेका हुन्।  पहिलो इनिङ्सपछि अख्तरले मैदानबाट दर्शकलाई अभिवादन गरेका थिए। जारी एनपीएलमा पाकिस्तानी खेलाडी पनि सहभागी छन्। यही खेलमा पाकिस्तानका हुसेन तलातले कर्णालीब... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play