Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

Share:WhatsAppFacebookX (Twitter)Telegram
१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षपछि बिहीबार सञ्चालनमा आएको छ । यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ । चीनको डान्दोङ सहरलाई उत्तर कोरियाको सिनुइजुसँग जोड्ने चार लेनको पुलको उद्घाटन समारोहमा दुवै देशका प्रधानमन्त्रीले भिडियो सन्देश दिएका थिए । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पुललाई दुई देशको परम्परागत मित्रताको प्रतीक बताउँदै सीमावर्ती क्षेत्रमा सहकार्य बढ्ने विश्वास व्यक्त गरे । सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो । चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी प्रतिबन्धमा चीनको भूमिकालगायत विषयले ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको थियो । नयाँ पुलले दुई देशबीचको ७० प्रतिशतभन्दा बढी आधिकारिक व्यापार सम्हाल्दै आएको पुरानो पुलको चाप कम गर्ने अपेक्षा छ । दशकौँ पुरानो पुलमा सडक यातायात एकपटकमा एकतर्फ मात्र सञ्चालन गर्न सकिन्छ । रुस र उत्तर कोरियाले सडक पुल सञ्चालनमा ल्याएको करिब एक महिनापछि चीनसँगको नयाँ पुल खुलेको हो । चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार रहे पनि पछिल्ला वर्षमा नेता किम जोङ उनले रुससँगको सम्बन्ध विस्तार गरेका छन् । युक्रेन युद्धमा रुसलाई सैनिक र हतियार सहयोग गरेको उत्तर कोरियाले त्यसको बदलामा सैन्य तथा आर्थिक सहयोग पाएको हुन सक्ने विश्लेषकहरूको भनाइ छ । चीनले उत्तर कोरियामा आफ्नो प्रभाव बलियो बनाउन चाहेको विश्लेषण भइरहेका बेला गत वर्ष उत्तर कोरियाको कुल व्यापारको ९८ प्रतिशत हिस्सा चीनसँग रहेको थियो । रासस/एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
ताजा खबरJust now

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

रातोपाटी
लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
ताजा खबरJust now

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

केन्द्रबिन्दु
साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
ताजा खबरJust now

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने

काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

कर्पोरट खबर
गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
ताजा खबरJust now

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play