Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

अल्बानिया।अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्। तर उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ। उनको जन्ममिति सन् १९०९ अगस्ट १९ प्रमाणित भएमा बेलायतकी एथेल क्याटरहम भन्दा दुई दिन जेठी हुनेछिन्। क्याटरहमलाई गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा वृद्ध जीवित महिलाका रूपमा मान्यता दिएको छ। दोस्रो विश्वयुद्धको अन्त्य हुनुभन्दा दुई साताअघि नै ३६ वर्ष पुगेकी मार्राले ओटोमन शासनदेखि अल्बानियाको कम्युनिस्ट शासनसम्मका परिवर्तन देखेकी छन्। राजधानीबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको फेरासमा बस्ने उनी फलफूलका रूखले घेरिएको घरमा आफ्नै खानेकुरा उब्जाउने र गाईवस्तु पाल्ने काम गर्थिन्। “जीवन सुन्दर छ, माउन्ट टोमोर जस्तै फुलेको छ”, उनले मुस्कुराउँदै भनिन्। उनको विश्वास छ, “भगवानले जति समय बाँच्न लेख्नु भएको छ, मानिस त्यतिन्जेल बाँच्छ।” उनको उमेर पुष्टि गर्ने सन् १९४५ को जन्म प्रमाणपत्र, सन् १९७८ को राहदानी र हालसालैको परिचयपत्र परिवारसँग सुरक्षित छन्। सबै कागजातमा एउटै जन्ममिति उल्लेख छ। उमेर प्रमाणित गर्न कठिन हुने र कतिपय ठाउँमा अभिलेख व्यवस्थापन कमजोर हुने विषयलाई सन् २०२४ मा आइजी नोबेल पुरस्कार पाएको एक अध्ययनले पनि औंल्याएको थियो। मार्राका ८० वर्षीय छोरा हाइसेनका अनुसार, आमाको उमेर १०० वर्ष पुग्दा स्थानीय अधिकारीहरूले उनी जीवितै रहेको विश्वास नगरेर पेन्सन रोकेका थिए। त्यसपछि साक्षीको बयानसहित प्रमाण पेस गरेपछि मात्र पेन्सन पुनः सुरु भएको थियो। यसै महिनाको सुरुमा सरकारले उनको उमेरलाई मान्यता दिँदै विशेष राज्य पेन्सन उपलब्ध गराएको छ। मार्रा अझै बिहान उठेर आँगन सफा गछिैन्, फूलमा पानी हाल्छिन् र कफी पिउनुअघि कुखुरालाई दाना दिन्छिन्। छोरासँग बगैँचामा हिँड्दै पाकेका अनार टिप्छिन् र सुगन्ध लिन तुलसीका पात खल्तीमा राख्छिन्। छोराका अनुसार उनको स्वास्थ्य राम्रो छ र उनले कहिल्यै औषधि लिएकी छैनन्। श्रीमानको निधन भएको ३६ वर्ष बितिसक्दा पनि उनी सँगै बिताएका दिन सम्झेर मुस्कुराउँछिन्। परिवारले मिलाइ दिएको विवाह मायालु रहेको उल्लेख गर्दै उनले भनिन्, “नत्र म उहाँसँग सात सन्तान कसरी जन्माउन सक्थें र ?” मार्राले परिवारका पाँच पुस्ता हुर्किएको देखेकी छन्। आफन्त र साथी गुमाउँदाको पीडा सम्झँदा उनी भावुक बन्छिन्, तर परिवारका सदस्य घर आउँदा खुसी हुन्छिन्। “मैले उनीहरूको मगनी, विवाह र आफ्नै घर तथा जीवन निर्माण गरेको देखेकी छु”, उनले भनिन्। युवावस्थाको सम्झनाका रूपमा उनीसँग सेतो पछ्यौरा लगाएको आफ्नै तस्बिर छ। उक्त तस्बिर झन्डै एक शताब्दी पुरानो हो। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँको रौनक: टीका र जमरापछि परम्परागत लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण
ताजा खबरJust now

दसैँको रौनक: टीका र जमरापछि परम्परागत लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण

नेपालीहरूको महान चाड दसैँको मुख्य दिन आज देशभर टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ।  धर्ती छोड्नुपर्छ भन्ने प्राचीन धार्मिक र सांस्कृतिक मान्यतालाई आत्मसाथ गर्दै सर्वसाधारणले सार्वजनिक स्थल र गाउँघरमा सामूहिक रूपमा पिङ खेलेर खुशी साटिरहेका छन्। दसैँको अवसरमा लिङ्गे पिङ खेल्ने संस्कृति नेपाली जनजीवनको अभिन्न अंग मानिन्छ। &l... ...

नेपालखबर
नेपाली कलाकारले कसरी मनाए त दसैँ ? यस्तो छ हरिवंशदेखि समीक्षासम्मको टिककाको क्षण
ताजा खबरJust now

नेपाली कलाकारले कसरी मनाए त दसैँ ? यस्तो छ हरिवंशदेखि समीक्षासम्मको टिककाको क्षण

काठमाडौं । ‘रातो टीका, पहेँलो जमरा, मान्यजनको आशीर्वाद अनि परिवारसँगको आत्मीय भेटघाट’ दसैँको रौनक आम नेपालीको घरमा मात्र होइन, नेपाली कलाकारका परिवारमा पनि उत्तिकै देखिएको छ । कोही परिवारसँग काठमाडौंमै दसैँ मनाउँदै छन् त कोही गृहजिल्ला पुगेर मान्यजनको हातबाट टीका र जमरा लगाइरहेका छन् । विदेशमा रहेकी गायिका समीक्षा अधिकारीले भने भिडियो कलमार्फत परिवारसँग दसैँको खुसी साटेकी छन् । यस वर्षको विजयादशमीमा ...

केन्द्रबिन्दु
भारत र अमेरिकाबीच व्यापार सम्झौता चाँडै टुङ्ग्याउने सहमति
ताजा खबरJust now

भारत र अमेरिकाबीच व्यापार सम्झौता चाँडै टुङ्ग्याउने सहमति

नयाँदिल्ली । भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि तथा ऊर्जा सुरक्षालगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै देशले लामो समयदेखि छलफलमा रहेको द्विपक्षीय व्यापार सम्झौतालाई पनि चाँडै अन्तिम रूप दिने तयारी गरेका छन् । मुम्बईमा मङ्गलबार भारतीय विदेशमन्त्री एस जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको ...

कर्पोरट खबर
बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट
ताजा खबरJust now

बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछ : मुख्यमन्त्री भट्ट

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडादसैँले सत्य, सदाचार, आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। बुधबार बडादसैँका अवसरमा शुभकामना दिँदै उनले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play