Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

हिमाली गाउँ लाहाछेवरकाे हिमालय आधारभूत विद्यालयका विद्यार्थीले पाए न्यानाे कपडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाली गाउँ लाहाछेवरकाे हिमालय आधारभूत विद्यालयका विद्यार्थीले पाए न्यानाे कपडा
Photo / Coverage: जनताटाइम्स

रामेछाप, मंसिर ३ । रामेछापको विकट हिमाली क्षेत्र तथा अन्तिम मानव बस्तीका रूपमा परिचित उमाकुण्ड गाउँपालिका–१, गुम्देलस्थित लाहाछेवरका विद्यार्थीलाई विद्यालय पोसाक तथा न्यानो कपडा सहयोग गरिएको छ । जय मानव सेवा मलेसियाका अध्यक्ष दावा शेर्पाले श्री हिमालय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई टी–सर्ट, ट्र्याकसुट, जुत्ता र मोजा उपलब्ध गराउनुभएको हो । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण विभिन्न चुनौतीबीच अध्ययन गर्न बाध्य हिमाली क्षेत्रका बालबालिकालाई लक्षित गरी शेर्पाले उक्त सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरेले जानकारी दिनुभयो । विद्यालय पोसाकका रुपमा ट्र्याकसुट, जुत्ता र मोजा प्राप्त भएपछि विद्यार्थीलाई विद्यालय आवतजावत तथा अध्ययनमा थप सहजता हुने अपेक्षा गरिएको छ । विशेषगरी चिसो मौसममा हिमाली भेगका बालबालिकालाई न्यानो कपडाको अभावले पठनपाठनमा समेत कठिनाइ हुने भएकाले प्राप्त सहयोग महत्वपूर्ण बनेको विद्यालयले जनाएको छ । शिक्षा र बालबालिकाको भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगप्रति विद्यालय परिवारले अध्यक्ष शेर्पालाई धन्यवाद व्यक्त गरेको छ । रामेछापको उच्च हिमाली क्षेत्रमा अवस्थित लाहाछेवरजस्तो दुर्गम बस्तीका विद्यार्थीलाई लक्षित गरी गरिएको यो सहयोगले शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वलाई उजागर गरेको छ । दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक यात्रालाई सहज बनाउन यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित
HealthJust now

स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित

जिल्ला कारागार सङ्खुवासभामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचार तथा औषधि व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राखिएको कारागारमा स्वास्थ्य जाँच र सामान्य उपचारका लागि समेत स्वास्थ्यकर्मी उपलब्ध नहुँदा समस्या थपिएको हो । जिल्ला कारागार खाँदबारीका सूचना अधिकारी जीवराज राईका अनुसार २०८२ साउनदेखि कारागारमा स्वास्थ्यकर्मीको अभाव छ । दरबन्दीमा... ...

हेल्थवाणी
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न कर्णाली सरकार प्रतिबद्ध
HealthJust now

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न कर्णाली सरकार प्रतिबद्ध

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सुरक्षित मातृत्व, यौन तथा प्रजनन स्वास्थ्य अधिकार र न्यायमा पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । आईपास नेपालद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नागरिक वैज्ञानिक सम्मेलन’को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले राष्ट्रिय स्वास्थ्य तथा शिक्षा सूचकाङ्कको तुलनामा कर्णाली प्रदेश पछाडि... ...

हेल्थवाणी
सहायक सामग्रीको पहुँच विस्तार गर्न डब्लुएचओको जोड
HealthJust now

सहायक सामग्रीको पहुँच विस्तार गर्न डब्लुएचओको जोड

काठमाडौं, मङ्सिर ३ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सहायक प्रविधिमा सबैको पहुँच सुनिश्चित गर्न राष्ट्रिय प्राथमिकता सूची कार्यान्वयन गर्न सदस्य राष्ट्रलाई आग्रह गरेको छ ।... ...

गोरखापत्र
२३ देशका १५० विज्ञ सहभागी हुने औषधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि
Health23m ago

२३ देशका १५० विज्ञ सहभागी हुने औषधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं । इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन (आईएसआईयुएम) को आयोजनामा आज देखि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदैछ। ‘मेडिसिन इन डिजिटल वर्ल्ड’ नाराका साथ काठमाडौंको होटल र्‍याडिसनमा आयोजना हुने हुदैछ । उक्त सम्मेलन तीनदिन चल्ने छ भने । सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता,... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play