काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध कमजोर सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले ६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ३२ रन बनाएको छ । चितवनले ५.३३ रनरेटमा रन बनाइरहेको छ । चितवनका लागि डेभिड मलान १४ रन बनाएर खेलिरहेका छन् भने विवेक यादवले खाता खोल्न सकेका छैनन् । रवि बोपारा १ रनमा आउट भएका छन् । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक विकेट लिएका छन् । ऐरीले २ ओभरमा ६ रन खर्चेर एक विकेट लिएका छन् भने धामीले २ ओभरमा १४ रन दिएका छन् । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सुदूरपश्चिमका बलरसामु चितवन दबाबमा, पावरप्लेमा तीन विकेट पतन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



-df66c92c-dae5-417c-9a47-23de003d385e.jpg&w=1200&q=75)


