Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

अब इन्स्टाग्रामको रिल्स कपि गर्न नमिल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब इन्स्टाग्रामको रिल्स कपि गर्न नमिल्ने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताले बनाएका मौलिक रिल्सको नक्कल रोक्न ‘कन्टेन्ट प्रोटेक्सन’ नामक नयाँ सुविधा ल्याउन थालेको छ । यसले इन्स्टाग्राम र फेसबुकमा मौलिक भिडियोको नक्कल खोजेर सम्बन्धित सर्जकलाई जानकारी दिनेछ । यो सुविधाले सर्जकले प्रणालीमा दर्ता गरेका भिडियोसँग अन्य भिडियोको दृश्य तुलना गर्छ । सर्जकले सुविधा सक्रिय गरेपछि नयाँ अपलोड गर्ने मौलिक भिडियो स्वतः सुरक्षाको दायरामा आउनेछन् । तर, सुविधा सुरु हुनुअघि अपलोड गरिएका भिडियो भने आफैँ थप्नुपर्नेछ । नक्कल भेटिएपछि भिडियोको दृश्य संख्या र पोस्ट गर्ने खाताका अनुयायीको विवरण हेरेर सर्जकले आवश्यक निर्णय लिन सक्नेछन् । नक्कल भेटिएपछि सर्जकले चार विकल्पमध्ये एउटा रोज्न पाउनेछन् । भिडियोको गतिविधि निगरानी गर्ने, इन्स्टाग्राम र फेसबुकबाट लुकाउने, मौलिक सर्जकको नाम उल्लेख गराउने वा आफ्नो दाबी छाड्ने विकल्प उपलब्ध हुनेछन् । भिडियो लुकाउँदा नक्कल गर्ने खातालाई प्रत्यक्ष जरिवाना भने लाग्ने छैन । यो सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन । योग्य सर्जकले इन्स्टाग्रामको व्यावसायिक ड्यासबोर्डमा गएर ‘कन्टेन्ट प्रोटेक्सन’ विकल्पमार्फत सुविधा सक्रिय गर्न सक्नेछन् । मौलिक सामग्री र खाताको विश्वसनीयताका आधारमा यसको पहुँच निर्धारण गरिनेछ । यसैबीच, मेटाले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी मूल भिडियोको दृश्य परिवर्तन गरिएका सामग्रीसमेत पहिचान गर्ने प्रविधिको परीक्षण गर्ने तयारी गरेको छ । मूल सर्जकको आवाज वा भनाइ उस्तै राखेर दृश्य मात्रै परिवर्तन गरिएका भिडियो पहिचान गर्ने यो सुविधा सुरुमा सीमित सर्जकसँग परीक्षण गरिनेछ। बारम्बार यस्ता सामग्री बनाउने खाताको पहुँच सीमित गर्ने उपायबारे पनि मेटाले काम गरिरहेको छ । The post अब इन्स्टाग्रामको रिल्स कपि गर्न नमिल्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा
Latest NewsJust now

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा

काठमाडौंको भृकुटीमण्डपमा भोलि (मंसिर ४) देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिको प्रदर्शनसँगै रैथाने सीप र उत्पादनको प्रवर्द्धन तथा अवलोकनकर्ताका लागि आकर्षक उपहारको व्यवस्था गर्दै प्रदर्शनी आयोजना हुन लागेको हो। ‘कृषिमा यन्त्र र प्रविधिः कृषक... ...

नेपालखबर
१० ओभरमा चितवनले बनायो ५९ रन, ४ विकेट गुमायो
Latest NewsJust now

१० ओभरमा चितवनले बनायो ५९ रन, ४ विकेट गुमायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ । चितवनले सुरुवातमै दुवै ओपनर गुमाएको थियो । अघिल्लो खेलमा... ...

रातोपाटी
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ, १७.२ महिनाको आयात धान्ने
Latest NewsJust now

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ, १७.२ महिनाको आयात धान्ने

काठमाडौँ । मुलुकको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले मङ्सिर ३ मा सार्वजनिक गरेको २०८३ असोज मसान्तसम्मको... ...

रातोपाटी
चितवन राइनोजको ब्याटिङ धर्मरायो, ४ विकेट गुम्यो
Latest NewsJust now

चितवन राइनोजको ब्याटिङ धर्मरायो, ४ विकेट गुम्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रूपमा विवेक यादव आउट भएका हुन् । उनले ११ बलमा ३ रन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play