हापुरेमा आगलागी, पश्चिम दाङ दमकलविहीन हुँदा ठूलो क्षति

दाङ । दाङको बबई गाउँपालिका–५ हापुरे बजारको एक कस्मेटिक पसलमा आगलागी भएको छ । आगलागीबाट पसल पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बुधबार बेलुकी ८ बजेतिर आगलागी भएको थियो । विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ । आगलागी सुरु भएको दुई घण्टाभन्दा बढी समय बितिसक्दा पनि दमकल पुग्न नसक्दा पसलका सबै सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् । दमकलको अभावमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरेका थिए । आगलागी भएको स्थानमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली सहितको टोली खटिएको थियो । तर ठूलो आगोको अगाडि उनीहरुको प्रयास सफल हुन सकेन । पश्चिम दाङका चार पालिका दमकलविहीन तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चारवटा पालिकामा हाल एउटा पनि दमकल सञ्चालनयोग्य नहुँदा आगलागी जस्ता घटनामा ठूलो क्षति व्यहोर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । यसअघि तुलसीपुर उपमहानगरपालिकासँग रहेको एउटा दमकलमा २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो । हालसम्म पनि तुलसीपुर उपमहानगरपालिकाले नयाँ दमकल खरिद गर्न सकेको छैन । त्यसैले आगलागी भएमा हापुरेभन्दा झन्डै ४६ किलोमिटर र तुलसीपुरबाट करिब २० किलोमिटर टाढा पर्ने घोराहीबाट दमकल बोलाउनुपर्ने बाध्यता छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

देउवा समूहले महाधिवेशनका लागि बुक गर्यो खुलामञ्च
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। देउवा समूहले २१ देखि २३ मंसिरसम्मका लागि तय गरेको महाधिवेशनका लागि खुलामञ्च बुक गरेको हो। देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ। महाधिवेशनको ...
-a8e1e7bc-0a2d-401a-8a4b-8162dcb5df61.png&w=1200&q=75)
सर्वोच्चको फूलकोर्ट बैठकः बिचौलियासँग न्यायाधीशको उठबसबारे छलफल, सोमबार फेरी बस्ने
• सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया इनम सापकोटासँगको भेटघाट र न्यायाधीशहरूको संलग्नता बारे फुलकोर्ट बैठकमा छलफल गरेका छन्। • न्यायाधीशहरूले सापकोटासँगको सम्बन्ध र छानबिन समिति गठनको विषयमा गम्भीरता व्यक्त गरेका छन्। • बैठकमा दुई न्यायाधीश अनुपस्थित थिए र सोमबार पुनः विस्तृत बैठक डाक्ने सल्लाह गरिएको छ। ...

नेपाल नेत्रज्योति संघद्वारा विपद् प्रभावितलाई थप १६ लाख सहयोग
नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप रु १६ लाख ३३ हजार एक सहयोग गरेको छ। सङ्घले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सहयोग रकममध्ये सङ्घको तर्फबाट रु एक लाख आठ हजार ४०१ र अन्तरराष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेसनलबाट रु १५ लाख २४ हजार ६०० प्राप्त भएको हो। ... ...

कर प्रणालीमा एकरुपता कायम गरी स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्छः सांसदहरू
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले स्थानीय तहअनुसार फरक–फरक रहेको कर प्रणालीलाई एकरूप बनाउन तथा उद्योगी व्यवसायीले कर चुक्ताका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो ध्यानाकर्षण गराएका हुन् । स्थानीय तहअनुसार कर प्रणालीमा देखिएका असमानता हटाउन र उद्योगमैत्री वातावरण निर्माणमा सरकार गम्भीर ...


