सौराहामा पर्यटकको ओइरो, पर्यटन व्यवसायमा उत्साह
पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । दसैँको आरम्भका दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि क्रमशः पर्यटकको आगमन उल्लेख्य बढेको छ । पर्यटकको आगमन बढेसँगै यहाँका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा समेत उत्साह थपिएको व्यवसायीले बताएका छन् । सौराहामा पर्यटन व्यवसाय गर्दै आएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेसँगै व्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

उत्तराखण्डमा कांग्रेसको उग्र प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा प्रहार
भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै दिन कांग्रेसले विधानसभा घेराउ गर्दै सरकारको आर्थिक तथा विकास नीतिमाथि प्रश्न उठाएको हो । मंगलबार उत्तराखण्डको गैरसैंणस्थित भरारीसैंणमा विधानसभा भवन घेराउ गर्न अघि बढेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा प्रयोग गरी तितरबितर पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको ...

के कांग्रेसलाई ‘रि-ब्राण्डिङ’ गर्न खोज्दैछन् गगन ?
पोखरा- गत पुस मसान्तममा भएको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले पार्टीलाई परिवर्तनको मार्गमा डोर्याउने प्रयत्न गरिरहेका छन् । आमसर्वसाधारणले नरुचाएका पुराना पुस्ताका नेताहरूको कार्यशैलीको निरन्तरता आफूहरूमा र पार्टी वृत्तमा नदेखियोस् भन्नेमा थापा सचेत देखिन्छन् । जुन उनका सार्वजनिक अभिव्यक्तिहरूले पुष्टि गरिरहेका छन्। समाजले खोजेको नेतृत्व र कांग्रेस कस्तो हो भन्नेबारेमा उनले […] ...

युद्धले थलिएको इजरायलमा चुनाव, नेतान्याहुको सत्ता जोगिएला कि ढल्ला ?
तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्न मतदान गर्दैछन् । सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ । नेतान्याहुले पूर्व सैन्य प्रमुख गदी आइसेनकोटसहित उनलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गरेका छन् । कुनै पनि ...
एनपिएल क्रिकेट : मलानद्वारा पहिलो अर्धशतक पूरा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काए । जसमा ५ चौका र ३ छक्का सामेल छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म चितवनले १२ ओभरमा २ विकेट गुमाएर ...


