एनपिएल क्रिकेट : मलानद्वारा पहिलो अर्धशतक पूरा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काए । जसमा ५ चौका र ३ छक्का सामेल छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म चितवनले १२ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको छ ।
Read Complete Original Article
Published originally on फरकधार
Related News

के कांग्रेसलाई ‘रि-ब्राण्डिङ’ गर्न खोज्दैछन् गगन ?
पोखरा- गत पुस मसान्तममा भएको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले पार्टीलाई परिवर्तनको मार्गमा डोर्याउने प्रयत्न गरिरहेका छन् । आमसर्वसाधारणले नरुचाएका पुराना पुस्ताका नेताहरूको कार्यशैलीको निरन्तरता आफूहरूमा र पार्टी वृत्तमा नदेखियोस् भन्नेमा थापा सचेत देखिन्छन् । जुन उनका सार्वजनिक अभिव्यक्तिहरूले पुष्टि गरिरहेका छन्। समाजले खोजेको नेतृत्व र कांग्रेस कस्तो हो भन्नेबारेमा उनले […] ...

युद्धले थलिएको इजरायलमा चुनाव, नेतान्याहुको सत्ता जोगिएला कि ढल्ला ?
तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्न मतदान गर्दैछन् । सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ । नेतान्याहुले पूर्व सैन्य प्रमुख गदी आइसेनकोटसहित उनलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गरेका छन् । कुनै पनि ...

चक्रवाती आँधीको प्रभावले श्रीलङ्कामा भारी वर्षा, देशभरका विद्यालय बन्द
बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षा अन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्व निर्धारित कार्यक्रमअनुसार सञ्चालन ...


