चक्रवाती आँधीको प्रभावले श्रीलङ्कामा भारी वर्षा, देशभरका विद्यालय बन्द

बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षा अन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्व निर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ । आँधीको अप्रत्यक्ष प्रभावका कारण पछिल्ला ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

के कांग्रेसलाई ‘रि-ब्राण्डिङ’ गर्न खोज्दैछन् गगन ?
पोखरा- गत पुस मसान्तममा भएको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले पार्टीलाई परिवर्तनको मार्गमा डोर्याउने प्रयत्न गरिरहेका छन् । आमसर्वसाधारणले नरुचाएका पुराना पुस्ताका नेताहरूको कार्यशैलीको निरन्तरता आफूहरूमा र पार्टी वृत्तमा नदेखियोस् भन्नेमा थापा सचेत देखिन्छन् । जुन उनका सार्वजनिक अभिव्यक्तिहरूले पुष्टि गरिरहेका छन्। समाजले खोजेको नेतृत्व र कांग्रेस कस्तो हो भन्नेबारेमा उनले […] ...

युद्धले थलिएको इजरायलमा चुनाव, नेतान्याहुको सत्ता जोगिएला कि ढल्ला ?
तीन वर्षदेखि जारी युद्ध र देशको भविष्यबारे बढ्दो मतभेदका बीच इजरायली मतदाताले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्न मतदान गर्दैछन् । सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ । नेतान्याहुले पूर्व सैन्य प्रमुख गदी आइसेनकोटसहित उनलाई सत्ताबाट हटाउन खोज्ने दलहरूको चुनौती सामना गरेका छन् । कुनै पनि ...
एनपिएल क्रिकेट : मलानद्वारा पहिलो अर्धशतक पूरा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काए । जसमा ५ चौका र ३ छक्का सामेल छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म चितवनले १२ ओभरमा २ विकेट गुमाएर ...


