से-फोक्सुण्डाे गएका दुई महिलासहित ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं, कात्तिक १५ । डोल्पाको से–फोक्सुन्डो गाउँपालिकामा अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन हुनुभएको छ। डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट से-फोक्सुन्डो तालतर्फ जाने क्रममा नुमला पास र वागला पास क्षेत्रबाट उहाँहरू सम्पर्कविहीन हुनुभएको हो। चक्रवात ‘अर्नब’को प्रभावले हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको आशंका गरिएको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार सम्पर्कविहीन पर्यटकहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। उद्धार कार्यलाई सहज बनाउन हेलिकप्टरसमेत माग गरिएको उहाँले जानकारी दिनुभएको छ। सम्पर्कविहीन हुनेमा दुई महिला र चार पुरुष रहनुभएको छ। उक्त क्षेत्रमा सञ्चार सुविधा नहुँदा उहाँहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालयका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक रहनुभएको छ। प्रतिकूल मौसमलाई मध्यनजर गर्दै प्रशासनले पर्यटकहरूलाई जोखिमपूर्ण क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कर्जा विस्तार ठप्प, ब्याज आम्दानी ओरालो तर, बैंकहरूको नाफामा छलाङ !
मुलुकको अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन । निजी क्षेत्रको कर्जाको माग सुस्त छ । बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । ब्याज आम्दानी घट्दो क्रममा छ । तर, यही प्रतिकूल परिस्थितिबीच वाणिज्य बैंकहरूको नाफा भने अस्वाभाविक रूपमा उकालो लागेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५३ लाख रुपैयाँ खुद ...

इनम प्रकरणले न्यायालयभित्र बिचौलियाको जालो कति गहिरो छ भन्ने उदाङ्गो पार्यो
न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख अंगहरू हुन । ती तीन अंगहरू मध्ये सर्वाधिक महत्व रहेको न्यायपालिका भित्र इनम सापकोटा प्रकरणले ठूलै आँधी तुफान मच्चाएको अवस्था छ । न्यायको मन्दिर र जन आस्थाको केन्द्र पनि भएकोले न्यायपालिकालाई यहाँ सर्वाधिक महत्वको भनिएको हो । न्यायालयमा मात्र नभई यसले समग्र सुरक्षा निकाय र राजनीतिक वृत्तमा पनि पराकम्पन छाडेको छ । वर्तमानको यो ...

रास्वपामा महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदमा उम्मेदवारी दिन चाहनेका लागि आवेदन खुला
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ । सो पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेका लागि आवेदनसमेत खुला गरेको छ । महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा […] ...

एनपिएलमा लोकेश बमको दबदबा
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सका ओपनर लोकेश बमले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा आफ्नो अग्रता थप बलियो बनाएका छन् । जारी एनपिएलमा लोकेशले अहिलेसम्म १३८ रन जोड्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेका छन् । उनले १८१.५७ को प्रभावशाली स्ट्राइक रेटमा रन बनाएका छन् । आक्रामक ब्याटिङका कारण लोकेश अहिले प्रतियोगिताका सबैभन्दा प्रभावशाली ब्याटरमध्ये एक बनेका ...


