Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

कास्की। सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ। आगामी २१ फागुनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गमा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ नयाँ पुल निर्माण भइरहेका छन्। अपस्ट्रिम र डाउनस्ट्रिम नामका दुवै पुल १९० मिटर लम्बाइका छन्। पुल निर्माणका लागि २६ भदौ २०७९ मा एक अर्ब सात करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको जानकारी दिए। उनका अनुसार निर्माणका क्रममा देखिएका अवरोध हटिसकेकाले निर्धारित म्यादभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको छ। ‘पुल अब म्यादभित्रै सम्पन्न हुन्छ। काममा कुनै अवरोध छैन। घरटहराको मुआब्जालगायत विषयसमेत टुङ्गो लागेर सम्बन्धित व्यक्तिले रकम बुझिसक्नुभएको छ’, आयोजना प्रमुख कुँवरले भने। निर्माण कम्पनीका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सम्पन्न भइसकेको छ भने चारवटा टावर (पाइलन) निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अब मुख्य रूपमा स्टे केबलमा तनाव दिने (स्ट्रेसिङ) काममा ध्यान केन्द्रित गरिएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता गरिएको थियो। निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। हाल पुल निर्माणको म्याद आगामी २१ फागुनसम्म कायम छ। आयोजना प्रमुख कुँवरले चीनबाट आवश्यक जनशक्ति ल्याउनुपर्ने र चिनियाँ कामदारबाट इन्जिनियरिङबाहेकका काम गराउन कठिन हुने अवस्थाले निर्माणमा ढिलाइ भएको बताए। निर्माण सामग्री चीनबाट ल्याउन भएको ढिलाइ र खानेपानीका पाइप स्थानान्तरण गर्नुपर्नेलगायत समस्याले पनि काम प्रभावित भएको थियो। त्यसैगरी, सेती नदीको उत्तरी भागमा सडक पहुँच व्यवस्थापन, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी समस्याले पनि निर्माणमा अवरोध सिर्जना गरेको थियो। एसियाली विकास बैंकको नीतिअनुसार सम्बन्धित जग्गाधनी तथा व्यवसायीलाई सडक पहुँच उपलब्ध गराउनुपर्ने भएपछि दुईवटा घर भत्काउनुपरेको थियो। ‘जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन। लामो प्रयासपछि उहाँहरू सहमतिमा आउनुभयो। अब पुलको माथिल्लो भागमा समेत काम गर्न समस्या छैन’, कुँवरले भने। हालको पुल २०३२ मा निर्माण गरिएको हो। यो पुल साँघुरो भएपछि त्यसको दायाँ र बायाँतर्फ थप एक–एकवटा पक्की पुल निर्माण थालिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

एक लाख ८७ हजार मतदाता थपिए
ताजा खबरJust now

एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौंं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । ...

केन्द्रबिन्दु
ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
ताजा खबरJust now

ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु । शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । निजको सनाखत भएको छैन । अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका ...

केन्द्रबिन्दु
छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो
ताजा खबरJust now

छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइएको छ । शनिबार बिहान ललितपुरस्थित श्रेष्ठको घरमा प्रहरी पुगेको थियो । उनलाई अहिले साइबर ब्यूरो ल्याएर छलफलको तयारी गरिएको साइबर ब्यूरो स्रोतले लोकपथलाई जानकारी दियो । ‘हो, उहाँलाई भर्खरै साइबर ब्यूरो ल्याइएको छ,’ स्रोतले लोकपथसँग भने । कमेडियन एवं रास्वपा नेपाल हिमेश […] ...

लोकपथ
दसैँको चहलपहल, गाडीमा यात्रुको चाप
ताजा खबरJust now

दसैँको चहलपहल, गाडीमा यात्रुको चाप

जनार्जन खत्रीसर्लाही, असोज ३१ गते । सर्लाहीमा दसैँको चहलपहल तीव्र रुपमा बढ्न थालेको छ । सडक, बजारमा मानिसको आउजाउ बाक्लिँदै गएको देखिन्छ । काठमाडौँ उपत्यकामा अध्ययन तथा रोजगारीका ल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play