ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु । शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । निजको सनाखत भएको छैन । अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव घाइते भएका छन् भने त्यसमा सवार २१ वर्षीय अनिल योगी भने सकुशल छन् । तीनवटै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार ट्रक चालकको खोजी भइरहेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

शुभकामना आदानप्रदान गर्दा उपहार लिने-दिने नगर्न नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिने-दिने नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले... ...

ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर
बनेपा । बनेपामा द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा... ...

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए
काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। गत प्रतिनिधि सभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्। उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए। आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन्। यो गत चैत २२ ...
![मिथिलाञ्चलमा ‘बेलतोडी’: यस्तो विधि र परम्परा [भिडियो]](https://hamrakura.com/uploads/news/images/beltodi-dhanusha.jpg)
मिथिलाञ्चलमा ‘बेलतोडी’: यस्तो विधि र परम्परा [भिडियो]
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज ‘बेलतोडी’ विधि सम्पन्न भएको छ । ...


