Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सुर्खेतमा भाडाको कोठामा मृत फेला परे युवक

सुर्खेतमा भाडाको कोठामा मृत फेला परे युवक

10/22/2026, 10:46:57 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सुर्खेतमा भाडाको कोठामा मृत फेला परे युवक

सुर्खेतको वीरेन्द्रनगरमा भाडाको कोठामा बस्दै आएका एक युवक मृत फेला परेका छन् । अछामको रामारोशन गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेन्द्र रोकाया वीरेन्द्रनगर नगरपालिका–८ स्थित रंगशाला नजिक नवीनकुमार केसीको घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार रोकाया आफू सुत्ने कोठाको भित्तामा रहेको किलामा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा भेटिएका थिए । घरधनीले बिहीबार बिहान करिब ८ः५० बजे घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई जानकारी गराएका थिए । घटनास्थलमा प्रहरी पुग्दा डोरी चुँडिएको र रोकाया भुइँमा मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । रोकाया करिब एक वर्षदेखि लोकसेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् । घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं
OthersJust now

न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं

अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, दशैं र विजयादशमी मनाएका छन्। बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व मनाउन र धार्मिक तथा सांस्कृतिक परम्परामा सहभागी हुन पाउँदा आफू सम्मानित महसुस ...

पर्दाफास
पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा खैलाबैला मच्चायो ?
OthersJust now

पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा खैलाबैला मच्चायो ?

यो चेतावनीले गेमिङ प्लेटफर्मदेखि सरकारी पोर्टल र अनलाइन फोरमहरूसम्म विश्वभरका सेवाहरूलाई अवरुद्ध गरेको छ। ...

अनलाइन खबर
साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?
OthersJust now

साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?

साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले यसको पुष्टि गरेको हो। जीएसीएले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार घाइते आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जीएसीएले भनेको ...

पर्दाफास
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
OthersJust now

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ । दार्मामा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play