Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/सामसङको नयाँ प्रविधिले निद्रामा हुने खतरनाक समस्या पत्ता लगाउन सहयोग गर्ने

सामसङको नयाँ प्रविधिले निद्रामा हुने खतरनाक समस्या पत्ता लगाउन सहयोग गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामसङको नयाँ प्रविधिले निद्रामा हुने खतरनाक समस्या पत्ता लगाउन सहयोग गर्ने

सामसङले आफ्ना स्मार्ट डिभाइसमा नयाँ फिचर ल्याउने भएको छ। जसले निद्रका समयमा हुने गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या पत्ता लगाउन सहयोग गर्ने छ। नयाँ स्लिप एप्निया पत्ता लगाउने सुबिधाले अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए) र दक्षिण कोरियाका सम्बन्धीत निकायबाट स्वीकृत प्राप्त गरेको छ। सामसङका अनुसार यो सुविधा दक्षिण कोरियामा उपलब्ध हुने छ। स्लिप एप्नियाका सम्भावित लक्षण पहिचान गर्ने नयाँ प्रवधिले यस अवस्थाको थप विस्तृत विश्लेषण गर्ने छ। एआईमा आधारित एल्गोरिदम प्रयोग गरी उपकरणहरुले निन्द्राको प्रत्येक घण्टामा श्वासप्रश्वासमा कति पटक समस्या देखिन्छ भन्ने व्याख्या गर्नेछन्। यसले सम्भावित जोखिमको स्तरसमेत मूल्याङ्कन गर्नेछन्। यस सुविधा मार्फत प्रयोगकर्ताले आफूमा हल्का मध्यम वा गम्भीर प्रकारको स्लिप एप्नियाका लक्षण देखिएको संकेत प्राप्त गर्न सक्छन्। यो सुविधा दक्षिण कोरियामा नोभेम्बरदेखि उपलब्ध हुने अपेक्षा गरिएको छ। सुरुमा ग्यालेक्सी वाच अल्ट्रा २, ग्यालेक्सी वाच ९ र ग्यालेक्सी रिङमा यी सुविधा उपलब्ध हुनेछ। ग्यालेक्सी वाच ८ र वाच ७ लगायत पुराना मोडलमा पनि यो सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। टेलिग्राफका अनुसार, यो सुविधाले एफडीएबाट स्वीकृत प्राप्त गरिसकेकाले अन्य देशमा पनि लगभग यहि समयदेखी उपलब्ध गराउन सकिने सम्भावना छ। तर अन्य वजारमा उपलब्ध हुने आधिकारिक मिति भने सावर्जनिक गरिएको छैन्। विशेषगरी ग्यालेक्सी रिङ प्रयोगकर्ताका लागि यो सुविधा प्रयोग हुन सक्ने छ। स्मार्टवाचको तुलनामा औठी आकारको सानो हुने भएकाले यसको प्रयोगबाट निद्राको निगरानी गर्न सजिलो हुन सक्छ। स्लिप एप्निया निद्राका क्रममा बारम्बार श्वासप्रश्वास रोकिने वा अवरुद्ध हुने समस्या हो। विश्वभर करिब एक अर्व मानिस यस समस्याबाट प्रभावित रहेको अनुमान छ। स्लिप एपनिया मुटु सम्बन्धी रोग, टाइप २ मधुमेह र उच्च रक्तचापलगायत अन्य स्वास्थ्य समस्यासँग पनि सम्बन्धीत छ। यसका लक्षण समयमानै पहिचान गर्न सके प्रयोगकर्ताले उचित समयमा चिकित्सकीय परामर्श लिन सक्छन्। तर स्मार्ट वाच र स्मार्ट रिङले चिकित्सकबाट गरिने व्यवसायिक स्वास्थ्य परिक्षणको विकल्पको रुपमा काम गर्दैनन्। The post सामसङको नयाँ प्रविधिले निद्रामा हुने खतरनाक समस्या पत्ता लगाउन सहयोग गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा
प्रविधिJust now

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा

१३ कात्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […] The post आजको विदेशी ...

आइसिटी फ्रेम
चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
प्रविधिJust now

चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना

१३ कात्तिक, काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले […] The post चक्रवात ‘अर्नब’को ...

आइसिटी फ्रेम
दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको स्वायत्तता गुम्दै, अर्थ र सञ्चारका सहसचिवलाई बोर्डमा राखिने मस्यौदा विधेयक
प्रविधिJust now

दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको स्वायत्तता गुम्दै, अर्थ र सञ्चारका सहसचिवलाई बोर्डमा राखिने मस्यौदा विधेयक

सरकारले दूरसञ्चार क्षेत्रको स्वायत्त निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई सूचना तथा सञ्चार मन्त्रालयको अधिनमा राख्ने प्रपञ्चका साथ नयाँ दूरसञ्चार मस्यौदा ल्याएको छ। टेक्नोलोजीखबरले स्रोतमार्फत पाएको सो दूरसञ्चार विधेयक मस्यौदामा यसअघिकै मस्यौदाहरुको हुबहु व्यवस्थालाई सारेर प्राधिकरणमा सह सचिवहरुलाई पठाउने योजना गरेको देखिन्छ। सञ्चार मन्त्रालयले छलफलका लागि तयार पारेको सो मस्यौदाअनुसारकै विधेयक पारित भएमा उक्त विधेयकले हालसम्म स्वायत्त निकायको रुपमा रहेको प्राधिकरणलाई सिधै मन्त्रालय मातहतको ...

टेक्नोलोजी खबर
चिनियाँ एआई मोडेलले नियन्त्रित परीक्षणमा जटिल साइबर आक्रमण गरेको अनुसन्धानकर्ताको भनाइ
प्रविधिJust now

चिनियाँ एआई मोडेलले नियन्त्रित परीक्षणमा जटिल साइबर आक्रमण गरेको अनुसन्धानकर्ताको भनाइ

चिनियाँ कम्पनी जेडएआईको प्रमुख एआई मोडेलले नियन्त्रित परिस्थितिमा गरिएको परीक्षणका क्रममा जटिल साइबर आक्रमण गरेको र छुट्टै परीक्षणमा बारम्बार दिइएका निर्देशन उल्लङ्घन गरेको एआई सुरक्षा अनुसन्धान संस्था इरिगुलरको प्रतिवेदनमा उल्लेख छ। जीएलएम–५.३ मोडेलले विभिन्न चरणमा सम्पन्न गर्नुपर्ने १३ वटा साइबर आक्रमणका परिदृश्यमध्ये कम्तीमा एकपटक तीनवटा सफलतापूर्वक पूरा गरेको थियो। इरिगुलरले सार्वजनिक रूपमा उपलब्ध एआई मोडेलमध्ये अहिलेसम्म अभिलेख गरेको यो सबैभन्दा राम्रो ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play