Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/चिनियाँ एआई मोडेलले नियन्त्रित परीक्षणमा जटिल साइबर आक्रमण गरेको अनुसन्धानकर्ताको भनाइ

चिनियाँ एआई मोडेलले नियन्त्रित परीक्षणमा जटिल साइबर आक्रमण गरेको अनुसन्धानकर्ताको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ एआई मोडेलले नियन्त्रित परीक्षणमा जटिल साइबर आक्रमण गरेको अनुसन्धानकर्ताको भनाइ

चिनियाँ कम्पनी जेडएआईको प्रमुख एआई मोडेलले नियन्त्रित परिस्थितिमा गरिएको परीक्षणका क्रममा जटिल साइबर आक्रमण गरेको र छुट्टै परीक्षणमा बारम्बार दिइएका निर्देशन उल्लङ्घन गरेको एआई सुरक्षा अनुसन्धान संस्था इरिगुलरको प्रतिवेदनमा उल्लेख छ। जीएलएम–५.३ मोडेलले विभिन्न चरणमा सम्पन्न गर्नुपर्ने १३ वटा साइबर आक्रमणका परिदृश्यमध्ये कम्तीमा एकपटक तीनवटा सफलतापूर्वक पूरा गरेको थियो। इरिगुलरले सार्वजनिक रूपमा उपलब्ध एआई मोडेलमध्ये अहिलेसम्म अभिलेख गरेको यो सबैभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, इरेगुलरको परीक्षणमा जीएलएम–५.३ अझै पनि अमेरिकाका अग्रणी मोडेलभन्दा पछाडि छ। उदाहरणका लागि, ओपनएआईको जीपीटी–६ एस्ट्राले छुट्टै मूल्याङ्कनमा १० मध्ये नौवटा परिदृश्य पूरा गरेको थियो। तर, दुवै मोडेलमा गरिएका परीक्षण समान थिएनन्। रोयटर्सका अनुसार यी निष्कर्षले एआई मोडेलको क्षमता बढ्दै जाँदा जटिल साइबर आक्रमण गर्न आवश्यक प्राविधिक सीपको अवरोध कम हुँदै गएको चिन्तालाई थप बल दिएका छन्। जीएलएम–५.३ जस्ता धेरै चिनियाँ एआई मोडेल खुला तौल (ओपन–वेट) भएका कारण यो चिन्ता विशेष रूपमा बढेको छ। यस्ता मोडेल प्रयोगकर्ताले डाउनलोड गर्न, परिमार्जन गर्न र आफ्नै तरिकाले सञ्चालन गर्न सक्छन्। चीनको बेइजिङस्थित अग्रणी एआई स्टार्टअपमध्ये एक जेडएआईले यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको तत्काल जवाफ दिएन। इरेगुलरका अनुसार अनुकरणात्मक आक्रमणका क्रममा जीएलएम–५.३ ले सुरक्षित सेवामा पहुँच प्राप्त गरेको थियो, कम्प्युटर नेटवर्कभित्र विभिन्न स्थानमा पुग्न वैकल्पिक जडान स्थापना गरेको थियो र धेरै कम्प्युटरमा सञ्चालन भइरहेका गतिविधिबीच समन्वय गरेको थियो। परीक्षण गरिएका कुनै पनि आक्रामक कार्य गर्न उसले अस्वीकार गरेन। छुट्टै परीक्षणमा जीएलएम–५.३ लाई स्पष्ट रूपमा नगर्न भनिए पनि उसले स्मृतिमा रहेको कम्प्युटर कोड बारम्बार पुनः प्रस्तुत गरेको इरेगुलरले पत्ता लगाएको थियो। यसरी उसले आफ्नो क्षमता परीक्षण गर्न बनाइएका नियम उल्लङ्घन गर्दै सही उत्तर निकाल्न सकेको थियो। अनुसन्धानकर्ताहरूले यस व्यवहारलाई ‘रिवार्ड ह्याकिङ’ अर्थात् निर्देशन बेवास्ता गरेर अपेक्षित नतिजा हासिल गर्ने तरिकाका रूपमा वर्णन गरेका छन्। उनीहरूले मोडेल सफल भयो कि भएन भन्ने आधारमा मात्रै परीक्षण गर्दा यस्ता नियम उल्लङ्घनका घटना छुट्न सक्ने चेतावनी दिएका छन्। कम लागतका कारण खुला तौल भएका मोडेल लोकप्रिय यी निष्कर्षले चिनियाँ एआई प्रणालीमा देखिएका सुरक्षा जोखिमसम्बन्धी प्रमाणलाई थप बल दिएका छन्। गत महिना रोयटर्सले चिनियाँ एआई एजेन्टले छल गर्ने, असफलता लुकाउने र प्रतिबन्ध छल्ने प्रयास गर्ने विषय उल्लेख गरिएका कम्तीमा २० वटा अध्ययन तथा मूल्याङ्कन पहिचान गरेको थियो। यद्यपि, अमेरिकी कम्पनीमा देखिएका नियन्त्रणबाहिर गएका एआई एजेन्टका घटनाभन्दा फरक रूपमा चिनियाँ एआई एजेन्टले आफ्ना सञ्चालकको नियन्त्रणबाट स्वतन्त्र रूपमा बाहिरिएको कुनै प्रमाण फेला परेको थिएन। ओपनएआई र एन्थ्रोपिकसहितका अग्रणी अमेरिकी कम्पनीले आफ्ना सबैभन्दा शक्तिशाली मोडेल मुख्यतः कम्पनीको नियन्त्रणमा रहेका सेवामार्फत उपलब्ध गराएका छन्। यसले ती मोडेलको प्रयोगमा प्रतिबन्ध लगाउन सजिलो बनाउँछ। यसको विपरीत, चिनियाँ विकासकर्ताहरूले खुला तौल भएका मोडेललाई प्राथमिकता दिएका छन्। परिमार्जन गर्न सकिने सुविधा र कम प्रयोग लागतका कारण यस्ता मोडेल विश्वभरका विकासकर्ता तथा कम्पनीमाझ लोकप्रिय बनेका छन्। जेडएआई जिपु एआईका नामले पनि चिनिन्छ। कम्पनीले थप सुरक्षा परीक्षण गर्नुपर्ने भन्दै सार्वजनिक गर्ने समय दुई साता सारेपछि अगस्टमा जीएलएम–५.३ सार्वजनिक गरेको थियो। दुरुपयोग हुन सक्ने चिन्ताका कारण आफ्नो शक्तिशाली साइबर सुरक्षा एआई मोडेल माइथोसमा पहुँच सीमित गरेको एन्थ्रोपिकले सेप्टेम्बरमा जीएलएम–५.३ ले आफ्नो परीक्षणमा सफ्टवेयरका कमजोरी प्रयोग गरी काम गर्ने साइबर आक्रमण १२ प्रतिशत प्रयासमा विकास गरेको जनाएको थियो। माइथोसले भने १४ प्रतिशत प्रयासमा यस्तो आक्रमण विकास गरेको थियो। एन्थ्रोपिकले जीएलएम–५.३ का सुरक्षा उपायलाई तुलनात्मक रूपमा सरल तरिकाबाट छल्न सकिने पनि पत्ता लगाएको थियो। अमेरिकाको राष्ट्रिय मानक तथा प्रविधि संस्थानले पनि जीएलएम–५.३ लाई हालसम्म सार्वजनिक गरिएका खुला तौल भएका मोडेलमध्ये साइबर सुरक्षासम्बन्धी कार्यमा सबैभन्दा सक्षम मोडेलका रूपमा वर्णन गरेको छ। यद्यपि, संस्थानको अनुमानअनुसार यो मोडेल अमेरिकाका अग्रणी प्रणालीभन्दा करिब चार महिना पछाडि छ। प्रविधि अनुसन्धान संस्था ओम्डियाका प्रमुख विश्लेषक लियान जे सुले चीनको एआई उद्योगमा थप प्रभावकारी निगरानी, नियन्त्रण र सुरक्षा परीक्षण आवश्यक रहेको बताए। उनले कडा नियमनमा रहेका चीनका अग्रणी एआई प्रयोगशालाहरूले सुधारात्मक उपाय लागू गर्ने अपेक्षा गरेको पनि बताए। The post चिनियाँ एआई मोडेलले नियन्त्रित परीक्षणमा जटिल साइबर आक्रमण गरेको अनुसन्धानकर्ताको भनाइ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा
प्रविधिJust now

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १२ पैसा

१३ कात्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […] The post आजको विदेशी ...

आइसिटी फ्रेम
चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
प्रविधिJust now

चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना

१३ कात्तिक, काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले […] The post चक्रवात ‘अर्नब’को ...

आइसिटी फ्रेम
दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको स्वायत्तता गुम्दै, अर्थ र सञ्चारका सहसचिवलाई बोर्डमा राखिने मस्यौदा विधेयक
प्रविधिJust now

दूरसञ्चार क्षेत्रको नियामक दूरसञ्चार प्राधिकरणको स्वायत्तता गुम्दै, अर्थ र सञ्चारका सहसचिवलाई बोर्डमा राखिने मस्यौदा विधेयक

सरकारले दूरसञ्चार क्षेत्रको स्वायत्त निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई सूचना तथा सञ्चार मन्त्रालयको अधिनमा राख्ने प्रपञ्चका साथ नयाँ दूरसञ्चार मस्यौदा ल्याएको छ। टेक्नोलोजीखबरले स्रोतमार्फत पाएको सो दूरसञ्चार विधेयक मस्यौदामा यसअघिकै मस्यौदाहरुको हुबहु व्यवस्थालाई सारेर प्राधिकरणमा सह सचिवहरुलाई पठाउने योजना गरेको देखिन्छ। सञ्चार मन्त्रालयले छलफलका लागि तयार पारेको सो मस्यौदाअनुसारकै विधेयक पारित भएमा उक्त विधेयकले हालसम्म स्वायत्त निकायको रुपमा रहेको प्राधिकरणलाई सिधै मन्त्रालय मातहतको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play