साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं।साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ। एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज विज्ञप्तिमार्फत् दिवङ्गत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको जनाइएको छ। सो पार्टीले विश्व शान्तिको पक्षमा आफूहरू सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता अमानवीय घटनाको निन्दा गरेको छ। नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्न एमालेले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

आफ्नै आँगनमा अपरिचित हुँदा र खरानी राष्ट्रिय धरोहर देख्दा मन कटक्क
विशेषगरी वसन्तपुर र हनुमानढोका क्षेत्रमा मानिसहरू एकअर्कालाई ठेल्दै हिँड्नुपर्ने अवस्था थियो। ...

भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने युग सकियो -अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र असल छिमेकी सम्बन्ध रहेको बताएका हुन् । उनले भने, ‘अहिले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी-इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो।’ नेपाल ...

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
काठमाडौं।नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड ...

विश्वकपको तयारीमा नेपाली यु–१९ महिला टोली, तयारी खेल चीन र भारतमा खेल्ने
नेपाली यु–१९ महिला क्रिकेट टोलीले आइसिसी महिला टी–२० विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली टोलीले चीन र भारतमा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार, नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड ...


