Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/साइबर सुरक्षा जोखिमपछि सरकारी निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द

साइबर सुरक्षा जोखिमपछि सरकारी निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
साइबर सुरक्षा जोखिमपछि सरकारी निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द

काठमाडौं, कात्तिक ७ । पीएचपी प्रोग्रामिङ भाषामा देखिएका गम्भीर सुरक्षा कमजोरीका कारण बिहीबारदेखि बन्द भएका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएका छैनन्। विश्वभर वेबसाइट तथा वेब एप्लिकेसन बनाउन प्रयोग हुने पीएचपीमा दुईवटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका सरकारी निकायका वेबसाइटमा पनि त्यसको असर परेको हो। जोखिम पहिचान भएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले अत्यावश्यक सुरक्षा एड्भाइजरी जारी गर्दै प्रणाली तत्काल अपग्रेड गर्न र जोखिम व्यवस्थापन नभएसम्म सावधानी अपनाउन आग्रह गरेको थियो। एड्भाइजरी जारी भएलगत्तै बिहीबारदेखि धेरैजसो सरकारी तथा सार्वजनिक निकायका वेबसाइट अस्थायी रूपमा बन्द गरिएका हुन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले समस्या समाधानका लागि प्रयास भइरहेको जनाएको छ। सार्वजनिक बिदाका कारण तत्काल ठूलो असर नदेखिए पनि समस्या लम्बिएमा लाइसेन्स, राहदानी, राजस्व संकलन र नागरिक सेवासम्बन्धी अनलाइन सेवा प्रभावित हुन सक्ने जोखिम छ। अहिले धेरै सरकारी तथा गैरसरकारी संस्थाका वेबसाइट खुलिरहेका छैनन्। नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्र्याकिङ सिस्टम (भीटीएस) लगायत प्रमुख सरकारी तथा वित्तीय निकायका वेबसाइट बन्द छन्। सुरक्षा प्रणाली सुदृढ बनाउन र सम्भावित जोखिमबाट जोगिन वेबसाइट अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ। नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक, वालेट कम्पनी र रेमिट्यान्स कम्पनीलाई सतर्क रहन निर्देशन दिएको छ। बैंकका वेबसाइट बन्द भए पनि क्यूआर भुक्तानी र मोबाइल बैंकिङलगायत सेवा सञ्चालनमा छन्। जोखिमको अवस्था मूल्याङ्कनपछि केही बैंकले वेबसाइट पुनः सञ्चालनमा ल्याइसकेका छन्। तर वेबसाइट बन्द हुँदा ग्राहकलाई ब्याजदर, सेवा शुल्क, शाखा तथा एटीएमको विवरण, कर्जा योजना र वित्तीय विवरणजस्ता सार्वजनिक सूचना प्राप्त गर्न कठिन भएको छ। साइबर सुरक्षा विज्ञहरूले संक्रमणकालीन अवस्थामा आउन सक्ने शंकास्पद सन्देश र लिंकबाट सतर्क रहन सुझाव दिएका छन्। पीएचपी वेबसाइट तथा वेब एप्लिकेसन निर्माणमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसमा देखिएका सुरक्षा कमजोरी समाधान गर्न प्रणाली अपग्रेड गर्नुपर्ने भएकाले सरकारी तथा सार्वजनिक निकायका वेबसाइट अस्थायी रूपमा बन्द गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

स्याटेलाइट स्पेक्ट्रमका लागि संयुक्त पहल गर्दै यूरोपका प्रमुख दूरसञ्चार कम्पनीहरू
प्रविधिJust now

स्याटेलाइट स्पेक्ट्रमका लागि संयुक्त पहल गर्दै यूरोपका प्रमुख दूरसञ्चार कम्पनीहरू

डोयच टेलिकम, अरेन्ज, टेलिफोनिकार भोडाफोन ले मोबाइल स्याटेलाइट सेवाका लागि छुट्याइने स्पेक्ट्रम प्राप्त गर्न संयुक्त रूपमा बोलपत्र पेस गर्ने सम्भावनाबारे अध्ययन गर्न आशयपत्रमा हस्ताक्षर गरेका छन्। यस पहलको उद्देश्य दूरसञ्चार सेवा प्रदायकहरूलाई ग्राहकका लागि डाइरेक्ट-टु-डिभाइस (डीटूडी) सेवा उपलब्ध गराउन “खुला र भेदभावरहित पहुँच” प्रदान गर्नु हो। यसले प्रतिस्पर्धा बढाउने, बजारको खण्डीकरण घटाउने र यूरोपभरका उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको ...

टेक्नोलोजी खबर
ठूला कम्पनीको सफ्टवेयर बजेटको २८ प्रतिशत अनिवार्य अपग्रेडमा खर्च हुने गरेको रिपोर्ट
प्रविधिJust now

ठूला कम्पनीको सफ्टवेयर बजेटको २८ प्रतिशत अनिवार्य अपग्रेडमा खर्च हुने गरेको रिपोर्ट

अमेरिका र बेलायतका ठूला कम्पनीहरूले आफ्नो सफ्टवेयर बजेटको औसत २८ प्रतिशत विक्रेताले अघि सारेका अपग्रेड, प्रणाली स्थानान्तरण र लाइसेन्स परिवर्तनमा खर्च गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ। सफ्टवेयर मर्मतसम्भार सेवा प्रदायक ओरिजिनाले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार कम्पनीहरूले आफैँले रोज्न नचाहेका यस्ता परिवर्तनमा ठूलो रकम खर्च गर्नुपरेको छ। यसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि अपनाउने प्रतिस्पर्धाका बीच कम्पनीको लागत बढाउनुका साथै सञ्चालनमा जोखिमसमेत ...

टेक्नोलोजी खबर
एप्पलको पहिलो फोल्डेबल आईफोन २ हजार डलर मूल्यसहित बजारमा: माग धेरै, आपूर्ति सीमित
प्रविधिJust now

एप्पलको पहिलो फोल्डेबल आईफोन २ हजार डलर मूल्यसहित बजारमा: माग धेरै, आपूर्ति सीमित

एप्पलको पहिलो फोल्डेबल फोन आईफोन डुओ शुक्रबार विश्वका विभिन्न बजारमा बिक्री सुरु भएको छ। करिब २ हजार डलर मूल्य रहेको यो फोनको बिक्री सुरु हुँदा विगतका आईफोन सार्वजनिक हुँदाका तुलनामा कम तामझाम देखिएको छ। सिंगापुर र सांघाईदेखि लन्डन र बर्लिनसम्म फोनको माग बलियो देखिए पनि सीमित आपूर्तिका कारण पहिले नयाँ आईफोन सार्वजनिक हुँदा पसलबाहिर लामो लाइन लाग्ने र रातभर पालो कुर्ने ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play