Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एप्पलको पहिलो फोल्डेबल आईफोन २ हजार डलर मूल्यसहित बजारमा: माग धेरै, आपूर्ति सीमित

एप्पलको पहिलो फोल्डेबल आईफोन २ हजार डलर मूल्यसहित बजारमा: माग धेरै, आपूर्ति सीमित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एप्पलको पहिलो फोल्डेबल आईफोन २ हजार डलर मूल्यसहित बजारमा: माग धेरै, आपूर्ति सीमित

एप्पलको पहिलो फोल्डेबल फोन आईफोन डुओ शुक्रबार विश्वका विभिन्न बजारमा बिक्री सुरु भएको छ। करिब २ हजार डलर मूल्य रहेको यो फोनको बिक्री सुरु हुँदा विगतका आईफोन सार्वजनिक हुँदाका तुलनामा कम तामझाम देखिएको छ। सिंगापुर र सांघाईदेखि लन्डन र बर्लिनसम्म फोनको माग बलियो देखिए पनि सीमित आपूर्तिका कारण पहिले नयाँ आईफोन सार्वजनिक हुँदा पसलबाहिर लामो लाइन लाग्ने र रातभर पालो कुर्ने दृश्य कम देखिएका छन्। रोयटर्सका अनुसार सामसङ इलेक्ट्रोनिक्स र हुवावे टेक्नोलोजिजजस्ता प्रतिस्पर्धी कम्पनीले वर्षौंदेखि महँगा फोल्डेबल फोन बिक्री गर्दै आएका छन्। आईफोन डुओले स्मार्टफोन बजारमा आईफोनले जस्तै फोल्डेबल फोनको सीमित बजारलाई व्यापक बनाउन एप्पल सफल हुन्छ कि हुँदैन भन्ने परीक्षण गर्नेछ। यो एप्पलका नयाँ प्रमुख कार्यकारी अधिकृत जोन टर्नसका लागि पनि प्रारम्भिक चुनौती हो। हार्डवेयर प्रमुख रहिसकेका टर्नसले सेप्टेम्बरमा पदभार सम्हालेको एक साताभन्दा कम समयमै यो फोन सार्वजनिक गरेका थिए। एक साताअघि अग्रिम अर्डर खुल्नेबित्तिकै माग आपूर्तिभन्दा बढी भएपछि आईफोन डुओको डेलिभरी समय जनवरीको अन्त्यसम्म पुगेको थियो। एप्पलले ग्राहकको प्रतिक्रियालाई “असाधारण” भनेको छ। एप्पलले एक ग्राहकले बढीमा दुईवटा फोन मात्र अग्रिम अर्डर गर्न पाउने व्यवस्था गरेको छ। साथै, पसलमै पुगेर फोन किन्ने ग्राहकका लागि पनि बिक्री सीमित गरिएको छ। चीन, फ्रान्स, हङकङ, भारत र जापानमा भने अनलाइन अग्रिम अर्डर गरेका ग्राहकले मात्र फोन किन्न पाउने व्यवस्था गरिएको थियो। शुक्रबार नयाँ फोन बिक्री गर्ने पहिलो एप्पल स्टोर रहेको सिड्नीमा स्थानीय समयअनुसार बिहान ८ बजे पसल खुल्नुअघि नै ग्राहकको लाइन लागेको थियो। ४८ वर्षीय इन्जिनियर साइमन कृष्णनले ५१२ जीबी क्षमताको आईफोन डुओका लागि ३ हजार ८९९ अस्ट्रेलियन डलर अर्थात् २ हजार ७३४ अमेरिकी डलर तिरेका थिए। “यो मेरो लागि केही विलासी वस्तुजस्तै हो, किनकि यसको मूल्य निकै महँगो छ। तर मैले सोचेँ, जीवन छोटो छ,” उनले भने। चीनमा उपभोक्ता बजार कमजोर हुनु र मेमोरी चिपको लागत बढ्नुका कारण स्मार्टफोनको बजार लगातार दबाबमा छ। त्यहाँ स्मार्टफोन आपूर्ति लगातार छ त्रैमासिक अवधिसम्म घटेको छ। यद्यपि, केही ग्राहक महँगा उपकरणतर्फ आकर्षित हुँदा एप्पलको बजार हिस्सा भने पुनः बढेको छ। २६ वर्षीय स्वास्थ्यकर्मी लिउ वेइसँग साओमीको फोल्डेबल फोन पहिल्यै भए पनि उनी एप्पलको पहिलो फोल्डेबल फोन किन्न बिहान ६ बजेदेखि सांघाईको पसलबाहिर लाइनमा बसेका थिए। “मैले धेरै वर्षदेखि एप्पलका उत्पादन प्रयोग गर्दै आएको छु र यो ब्रान्डप्रति मेरो विश्वास बढी छ। त्यसैले सार्वजनिक भएकै दिन प्रयोग गरेर हेर्न एउटा किनेँ,” उनले भने। लाइनमा लागेकामध्ये धेरैले अग्रिम अर्डर गरेका फोन लिन आएका थिए। केहीले सीमित मौज्दातबाट फोन पाउने आशा गरेका थिए भने केही प्रदर्शनमा राखिएका फोन हेर्न आएका थिए। कतिपय भने पुनः बिक्री गरेर नाफा कमाउने उद्देश्यले आएका थिए। हङकङमा ३८ वर्षीया मेले अनलाइन अग्रिम बिक्रीमार्फत २५६ जीबी क्षमताको आईफोन डुओ किनेकी थिइन्। यसको मूल्य १७ हजार ४९९ हङकङ डलर अर्थात् २ हजार २३१.७३ अमेरिकी डलर थियो। उनले करिब ४ हजार हङकङ डलर नाफा लिएर फोन पुनः बिक्री गर्ने योजना बनाएकी थिइन्। “केही छाक खान पुग्ने पैसा हो,” उनले ठट्टा गर्दै भनिन्। लन्डनको रेजेन्ट स्ट्रिटस्थित एप्पल स्टोरबाहिर पनि दर्जनौँ ग्राहक रातभर भारी वर्षामा लाइनमा बसेका थिए। तीमध्ये ५३ वर्षीय परोपकारी संस्थाका व्यवस्थापक पल फ्रान्सिस पनि थिए। “केही मानिसलाई यो पागलपनजस्तो लाग्छ। मलाई आफैँलाई पनि त्यस्तै लाग्छ,” उनले भने। मिश्रित प्रतिक्रिया प्रारम्भिक समीक्षाहरूमा आईफोन डुओको डिजाइन र बलियो भए पनि खासै नदेखिने कब्जा अर्थात् हिन्जको प्रशंसा गरिएको छ। फोल्डेबल फोनमा लामो समयदेखि स्क्रिनमा देखिने चाउरीजस्तो रेखा मुख्य कमजोरी मानिँदै आएको थियो। त्यसैले यो समस्या कम देखिनु महत्त्वपूर्ण उपलब्धि मानिएको छ। तर समीक्षकहरूले टेलिफोटो लेन्स नहुनुलगायत क्यामेरासम्बन्धी सीमितता र नयाँ स्क्रिनको आकारअनुसार तेस्रो पक्षका एपहरू परिमार्जन गर्न बाँकी रहेकाले केही ग्राहक निराश हुन सक्ने बताएका छन्। फोन फोल्ड गर्दा दैनिक रूपमा गरिने छिटोछरितो कामका लागि कम सुविधाजनक हुने टिप्पणी पनि गरिएको छ। केही चर्चित समीक्षकले धेरैजसो एप्पल प्रयोगकर्तालाई यो फोन नकिन्न सुझाव दिएका छन्। एप्पलबारे लामो समयदेखि टिप्पणी गर्दै आएका जोन ग्रुबरले एक सातासम्म फोन प्रयोग गरेपछि लेखेका छन्, “डुओ चलाएर हेर्न निकै रमाइलो भयो। तर मैले प्रयोग गरेको वस्तु अत्यन्तै परिष्कृत नमुनाजस्तो लाग्यो, किन्न र सधैँ साथमा बोक्न चाहने पूर्ण उत्पादनजस्तो लागेन।” प्रविधि समीक्षक मार्केस ब्राउनलीले युट्युबमा गरेको समीक्षामा सामान्य रूपमा सन्देश पठाउने र इन्टरनेट चलाउने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त नहुन सक्ने बताएका छन्। तर २ हजार डलर खर्च गर्न समस्या नहुने र नयाँ प्रविधि मन पराउनेका लागि केही समय प्रयोग गर्ने बानी बसालेपछि यो रमाइलो फोन हुन सक्ने उनको भनाइ छ। उनले फोनमा फेसियल आइडेन्टिफिकेसन अर्थात् अनुहार पहिचान सुविधा नहुनुलाई पनि ध्यान दिनुपर्ने पक्ष बताएका छन्। बर्लिनका युट्युब सामग्री निर्माता प्याट्रिक वोल्टरले भने एउटै उपकरणले फोन र आईप्याड दुवैको काम गर्न सक्ने पक्षको प्रशंसा गरेका छन्। “अलग्गै ट्याब्लेट बोक्न मलाई सधैँ झन्झट लाग्थ्यो, विशेषगरी मसँग ल्यापटप र अन्य उपकरण पनि भएकाले,” उनले भने। “लामो समयपछि यसले मेरा अरू उपकरणलाई विस्थापित गर्न सक्छ।” किन्न कठिन बजार अनुसन्धान कम्पनी आईडीसीका उपाध्यक्ष फ्रान्सिस्को जेरोनिमोका अनुसार एप्पल फोल्डेबल फोनको तुलनात्मक रूपमा सानो बजारमा प्रवेश गरेसँगै यो प्रविधि धेरै उपभोक्तासम्म पुग्न सक्छ। आईडीसीको अनुमानअनुसार सन् २०२६ मा फोल्डेबल फोनको कुल बजार मूल्यमा एप्पलको हिस्सा ४४ प्रतिशत पुग्नेछ भने बिक्री हुने फोनको सङ्ख्याका आधारमा यसको हिस्सा ३१ प्रतिशत हुनेछ। सन् २०२७ सम्ममा एप्पल बजार मूल्य र बिक्री हुने फोनको सङ्ख्या दुवैका आधारमा अग्रणी बन्ने आईडीसीको प्रक्षेपण छ। एक सातासम्म आईफोन डुओ प्रयोग गरेपछि जेरोनिमोले एप्पलले फोल्डेबल फोनको यो स्वरूपलाई आकर्षक विकल्पका रूपमा प्रस्तुत गर्न सफल भएको बताए। “अब अर्को चुनौती भनेको उपभोक्ताको उत्साहलाई पर्याप्त उपलब्धता, वास्तविक प्रयोग र स्मार्टफोन बजारको नयाँ तथा दीर्घकालीन अध्यायमा रूपान्तरण गर्नु हो,” उनले भने। The post एप्पलको पहिलो फोल्डेबल आईफोन २ हजार डलर मूल्यसहित बजारमा: माग धेरै, आपूर्ति सीमित appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

साइबर सुरक्षा जोखिमपछि सरकारी निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द
प्रविधिJust now

साइबर सुरक्षा जोखिमपछि सरकारी निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द

काठमाडौं, कात्तिक ७ । पीएचपी प्रोग्रामिङ भाषामा देखिएका गम्भीर सुरक्षा कमजोरीका कारण बिहीबारदेखि बन्द भएका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएका छैनन्। विश्वभर वेबसाइट तथा वेब एप्लिकेसन बनाउन प्रयोग हुने पीएचपीमा दुईवटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका सरकारी निकायका वेबसाइटमा पनि त्यसको असर परेको हो। जोखिम पहिचान भएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले अत्यावश्यक ...

जनताटाइम्स
इटालीले ब्रोडब्यान्ड नक्सा अद्यावधिक गर्न १.१५ मिलियन युरो लगानी गर्ने
प्रविधिJust now

इटालीले ब्रोडब्यान्ड नक्सा अद्यावधिक गर्न १.१५ मिलियन युरो लगानी गर्ने

इटालीको दूरसञ्चार नियामक निकाय ‘एग्कम’ (Agcom) ले आफ्नो ‘ब्रोडब्यान्ड नक्सा’ अद्यावधिक गर्न १८ महिनाको अवधिमा १.१५ मिलियन युरोभन्दा बढी रकम खर्च गर्ने योजना घोषणा गरेको छ। यो नक्सा देशभरको इन्टरनेट पूर्वाधार र नेटवर्क कभरेजसम्बन्धी जानकारी सङ्कलन गर्न प्रयोग गरिने एक मञ्च हो। यो परियोजना इटालीको मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘डिजिटल रूपान्तरण विभाग’ सँगको सम्झौताअनुसार अघि बढाइएको हो। सार्वजनिक निकायहरूद्वारा सुरक्षित, मानकीकृत, र अन्तरसञ्चालनयोग्य पहुँचको लागि ...

टेक्नोलोजी खबर
गौतमबुद्ध विमानस्थल नियमित संचालन नहुनुको कारण खोज्दै निजी क्षेत्र
प्रविधिJust now

गौतमबुद्ध विमानस्थल नियमित संचालन नहुनुको कारण खोज्दै निजी क्षेत्र

७ कात्तिक, काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशामा निजी क्षेत्रले करोडौँ होइन, अर्बौँ रुपैयाँ लगानी गर्‍यो । सरकारले विमानस्थलको शिलान्यास गर्‍यो, निर्माण सम्पन्न गरेर उद्घाटन पनि गर्‍यो । तर चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन । विमानस्थल सञ्चालनमा आउला र त्यसबाट पर्यटन, होटल, यातायात तथा अन्य व्यवसाय फस्टाउलान् भन्ने निजी […] The post गौतमबुद्ध ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play