Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

10/22/2026, 11:59:39 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ । दार्मामा सबैभन्दा बढी संक्रमित कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण देखिएको छ । यसैगरी, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । संक्रमण पुष्टि भएपछि नेपालगञ्ज लगिएको थियो दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार मल्लको असोज २८ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पतालबाट घर फर्किएका उनलाई पछि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि घोराही हुँदै नेपालगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए । झाडी सफा राख्न र सावधानी अपनाउन आग्रह वर्षायाममा बढी देखिने स्क्रब टाइफसको संक्रमण पछिल्लो समय घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । जिल्लामा संक्रमितको संख्या उल्लेख्य रहेकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन् । स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट सर्ने रोग हो । यसको जोखिम कम गर्न घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउने, बुट तथा पञ्जा प्रयोग गर्ने र घरवरपरका झाडी सफा राख्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् । ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । समयमै उपचार नपाएमा स्क्रब टाइफसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कोप–३१ का लागि नेपालको तयारी तीव्र, पर्वतीय मुद्दा र जलवायु वित्त प्राथमिकतामा
OthersJust now

कोप–३१ का लागि नेपालको तयारी तीव्र, पर्वतीय मुद्दा र जलवायु वित्त प्राथमिकतामा

नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–३१०को मिति नजिकिँदै गर्दा आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा रहेको र सरोकारवाला निकायबीचको छलफललाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ । मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जलवायु न्याय, जलवायु वित्तमा ...

पर्दाफास
नोबेलपछि अब पुलित्जर नपाएकोमा ट्रम्प रुष्ट, के भने ?
OthersJust now

नोबेलपछि अब पुलित्जर नपाएकोमा ट्रम्प रुष्ट, के भने ?

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लेखनका लागि पुलित्जर पुरस्कार पाउनुपर्ने दाबी गरेका छन्। बुधबार एक र्‍यालीमा ट्रम्पले रुससँग जोडिएको अनुसन्धानको रिपोर्टिङका लागि पुलित्जर जित्ने पत्रकारहरूको आलोचना गरे। कैयौँ युद्ध रोकेको जस लिँदै उनले नोबेल शान्ति पुरस्कार नपाएकोमा पनि फेरि एकपटक असन्तुष्टि पोखे। यस मामिलामा पत्रकारहरूले गलत रिपोर्टिङ गरेको र त्यसका लागि… ...

अनलाइन खबर
शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द
OthersJust now

शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द

यस वर्ष प्रशान्त महासागर क्षेत्रमा देखिएका शक्तिशाली आँधीमध्ये चम्पी एक हो । सुरुमा यो ‘सुपर टाइफुन’ बनेको थियो । बिहीबार यसको शक्ति केही कमजोर भए पनि केन्द्र नजिक हावाको गति २२७ किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको ताइवानको केन्द्रीय मौसम विभागले जनाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play