सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ ।

दार्मामा सबैभन्दा बढी संक्रमित

कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि नेपालगञ्ज लगिएको थियो

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार मल्लको असोज २८ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पतालबाट घर फर्किएका उनलाई पछि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि घोराही हुँदै नेपालगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए ।

झाडी सफा राख्न र सावधानी अपनाउन आग्रह

वर्षायाममा बढी देखिने स्क्रब टाइफसको संक्रमण पछिल्लो समय घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । जिल्लामा संक्रमितको संख्या उल्लेख्य रहेकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन् ।

स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट सर्ने रोग हो । यसको जोखिम कम गर्न घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउने, बुट तथा पञ्जा प्रयोग गर्ने र घरवरपरका झाडी सफा राख्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।

ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । समयमै उपचार नपाएमा स्क्रब टाइफसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। तस्विर : एआई

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

पीएचपीमा गम्भीर सुरक्षा जोखिम, नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द
विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो । केन्द्रका अनुसार पीएचपी प्रविधिमा ‘PHP@Shell ’ (सिभिइ–२०२६–१०९६१८ र सिभिइ–२०२६–१०९६१९) नामक उच्च स्तरको सुरक्षा ...

च्याम्पियनदेखि पूछारसम्म पुगेको जनकपुरले फर्काउला पहिलो सिजनको साख ?
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टोली हो । दोस्रो संस्करणमा ठिक उल्टो नतिजा आयो । जनकपुर जम्मा एक खेल मात्र जित्दै अन्तिम स्थानमा रह्यो । ...

मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा
५ कात्तिक, काठमाडौं । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा मनाइएको छ । तत्कालीन राजदरबारका रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल र युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने सामग्री निकालेर युद्धकला प्रदर्शन गर्दै जात्रा मनाइएको हो। दरबारसँग सम्बन्धित विभिन्न समुदायको सहभागिता रहने जात्रामा… ...

‘आ बाट आमा २’: आमाबुबाको माया, सन्तानको व्यस्तता
आज ‘आ बाट आमा २’ हेरेर फर्किएँ । तर मन चलचित्र हलमै छोडेर आउन सकिनँ । मनभरि पीडा, आँखाभरि आँसु र हृदयभरि अनगिन्ती प्रश्न बोकेर फर्किएँ । पर्दामा पात्रहरू रोइरहेका थिए, तर कताकता आफ्नै जीवन रोइरहेको अनुभूति भयो । कथा उनीहरूको थियो, पीडा आफ्नै जस्तो लाग्यो । झन् आमाको माया देख्न, महसुस गर्न र उनको… ...