सप्तकोशीमा जेटबोट दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते

काठमाडौं, कात्तिक ८ । भोजपुरबाट चतरातर्फ आउँदै गरेको माेटरबाेट सप्तकोशी नदीमा दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र पहिचानका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार अरुण र दूधकोशीको त्रिवेणी क्षेत्रनजिक जेटबोटको इञ्जिनमा खराबी आएको थियो। इञ्जिन फेल भएपछि नदीमा बग्ने क्रममा जेटबोट दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाग्रस्त बोटमा १६ जना सवार रहेको बताइएको छ। तर, तीमध्ये १२ जनाले मात्रै टिकट काटेको खुलेको प्रहरीको भनाइ छ। दुर्घटनापछि पाँच जना सकुशल घर फर्किसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनुभएका एक जनाको चतरा अस्पतालमा उपचार भइरहेको छ। बोटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण संकलन गर्ने, मृतकहरूको पहिचान खुलाउने तथा दुर्घटनाको कारण पत्ता लगाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

एनपिएल विजेता टिमले डेढ करोड, उपविजेताले ८० लाख पाउने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसपटक विजेताका लागि अघिल्लो संस्करणभन्दा ४० लाख रुपैयाँ बढी पुरस्कार निर्धारण गरेको हो । क्यानले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक गरेको हो । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले ...

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन, नवदुर्गा जात्राका लागि बागमती प्रदेश सरकारद्वारा आर्थिक सहयोग
भक्तपुर, कात्तिक ८ । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गर्नुभएको छ। उक्त कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कला, संस्कृति, सम्पदा र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई हर्षित तुल्याएको मुख्यमन्त्री थापाले बताउनुभयो। कार्यक्रमका अवसरमा ...

काठमाडौंलाई हेरौँ, सुनौँ, महसुस गरौँ र यसको सम्पदासँग जोडिऔँ : सुनिता डंगोल
काठमाडौं, कात्तिक ८। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, सम्पदा, संस्कृति र मौलिक जीवनशैलीलाई नजिकबाट नियाल्दै महसुस गर्न तथा तिनसँग आत्मीय सम्बन्ध स्थापित गर्न नागरिकलाई आग्रह गर्नुभएको छ। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘हेरिटेज रन’ का अवसरमा उहाँले काठमाडौंलाई केवल हेर्ने सहरका रूपमा मात्र नभई यहाँको इतिहास, संस्कृति, परम्परा र जनजीवनलाई बुझ्ने, सुन्ने र अनुभूत गर्ने सहरका रूपमा लिनुपर्ने ...


