काठमाडौंलाई हेरौँ, सुनौँ, महसुस गरौँ र यसको सम्पदासँग जोडिऔँ : सुनिता डंगोल

काठमाडौं, कात्तिक ८। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, सम्पदा, संस्कृति र मौलिक जीवनशैलीलाई नजिकबाट नियाल्दै महसुस गर्न तथा तिनसँग आत्मीय सम्बन्ध स्थापित गर्न नागरिकलाई आग्रह गर्नुभएको छ। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘हेरिटेज रन’ का अवसरमा उहाँले काठमाडौंलाई केवल हेर्ने सहरका रूपमा मात्र नभई यहाँको इतिहास, संस्कृति, परम्परा र जनजीवनलाई बुझ्ने, सुन्ने र अनुभूत गर्ने सहरका रूपमा लिनुपर्ने बताउनुभएको हो। कार्यवाहक प्रमुख डंगोलले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरपालिकाले आफ्ना गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्दै हेरिटेज रनलाई शारीरिक व्यायाम वा दौड प्रतियोगितामा मात्र सीमित गर्न नहुने बताउनुभयो। उहाँका अनुसार यो कार्यक्रम काठमाडौंको मौलिकता, सांस्कृतिक वैभव र जीवनशैलीसँग प्रत्यक्ष रूपमा जोडिने अवसर पनि हो। महानगरपालिकाले वसन्तपुर क्षेत्रबाट सुरु गरेको १० किलोमिटर लामो हेरिटेज रनमा विभिन्न उमेर समूहका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले बिहानको काठमाडौंमा सुनिने भजन–कीर्तन, यहाँको मौलिक सुगन्ध, परम्परागत खानपान र मन्दिरहरूको वातावरणले सहरलाई जीवन्त बनाउने बताउनुभयो। ऐतिहासिक गल्लीहरूमा पैदल यात्रा गर्दा वा दौडिँदा काठमाडौंको वास्तविक स्वरूप बुझ्न र यससँग आत्मीय सम्बन्ध स्थापित गर्न सकिने उहाँको भनाइ थियो। “काठमाडौं महानगरपालिकाले आयोजना गरेको हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौंको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो। यहाँका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले हाम्रो मौलिक पहिचान झल्काउँछन्। त्यसैले हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौंलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो,” उहाँले भन्नुभयो। कार्यवाहक प्रमुख डंगोलले हेरिटेज रनमा ७५ वर्ष उमेरका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटर दूरी पूरा गर्नुभएको भन्दै खुसी व्यक्त गर्नुभयाे। विभिन्न पुस्ताका नागरिकको सहभागिताले सम्पदा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सामूहिक चासो बढ्दै गएको सन्देश दिएको उहाँले बताउनुभयो। कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिताले महानगरपालिकालाई आगामी दिनमा थप रचनात्मक गतिविधि सञ्चालन गर्न प्रेरणा मिलेको पनि उहाँले उल्लेख गर्नुभयो। हेरिटेज रनका लागि अनलाइन दर्ता खुला गरिएको २४ घण्टाभित्रै निर्धारित कोटा पूरा भएपछि दर्ता प्रक्रिया बन्द गर्नुपरेको जानकारी दिँदै उहाँले नागरिकको चासोलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। महानगरपालिकाले हेरिटेज रनलाई आगामी कात्तिक १३ देखि १५ गतेसम्म अर्थात् अक्टोबर ३० देखि नोभेम्बर १ सम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’ को प्रवर्द्धनात्मक कार्यक्रमका रूपमा समेत अघि बढाएको छ। खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रको माध्यमबाट जोड्दै काठमाडौंको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय गरी ४० वटा चलचित्र निःशुल्क प्रदर्शन गरिनेछन्। विभिन्न विधा र पृष्ठभूमिका चलचित्रमार्फत दर्शकलाई कला, संस्कृति र सम्पदासँग जोड्ने प्रयास गरिएको उल्लेख गर्दै उहाँले नागरिक, कलाकार तथा चलचित्रप्रेमीलाई महोत्सवमा सहभागी हुन आग्रह गर्नुभयो। महोत्सवको पहिलो दिन वसन्तपुर डबलीमा खुला आकाशमुनि विशेष चलचित्र प्रदर्शन गरेर उद्घाटन गरिने कार्यक्रम रहेको छ। दोस्रो र तेस्रो दिन ऐतिहासिक राष्ट्रिय सभागृह तथा जय नेपाल सिनेमा हलमा चलचित्र प्रदर्शन गरिनेछ। आयोजकका अनुसार राष्ट्रिय सभागृहमा विशेषगरी सन् १९७० र १९८० को दशकका पुराना तथा मौलिक नेपाली चलचित्र निःशुल्क प्रदर्शन गरिनेछन्। जय नेपाल सिनेमा हलमा भने अन्तर्राष्ट्रिय चलचित्रसहित महोत्सवमा समावेश गरिएका अन्य चलचित्र प्रदर्शन गरिनेछन्। महोत्सवमा सहभागी हुन इच्छुक दर्शकले महानगरपालिकाको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत निःशुल्क अनलाइन टिकट बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। कार्यवाहक प्रमुख डंगोलले हेरिटेज रन र काठमाडौं फिल्म फेस्टिभलजस्ता कार्यक्रमले नागरिकलाई सहरको इतिहास, संस्कृति, कला र सम्पदासँग नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो। काठमाडौंलाई हेर्ने मात्र नभई यहाँका आवाज सुन्ने, मौलिक जीवनशैली महसुस गर्ने र सम्पदासँग आत्मीय सम्बन्ध स्थापित गर्ने सहरका रूपमा विकास गर्न यस्ता गतिविधिले योगदान पुर्याउने उहाँको भनाइ थियो। महानगरपालिकाले सम्पदाको संरक्षणसँगै त्यसलाई नागरिकको दैनिक जीवन, सांस्कृतिक अभ्यास र सामूहिक पहिचानसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

एनपिएल विजेता टिमले डेढ करोड, उपविजेताले ८० लाख पाउने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसपटक विजेताका लागि अघिल्लो संस्करणभन्दा ४० लाख रुपैयाँ बढी पुरस्कार निर्धारण गरेको हो । क्यानले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक गरेको हो । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले ...

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन, नवदुर्गा जात्राका लागि बागमती प्रदेश सरकारद्वारा आर्थिक सहयोग
भक्तपुर, कात्तिक ८ । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गर्नुभएको छ। उक्त कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कला, संस्कृति, सम्पदा र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई हर्षित तुल्याएको मुख्यमन्त्री थापाले बताउनुभयो। कार्यक्रमका अवसरमा ...

सप्तकोशीमा जेटबोट दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते
काठमाडौं, कात्तिक ८ । भोजपुरबाट चतरातर्फ आउँदै गरेको माेटरबाेट सप्तकोशी नदीमा दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र पहिचानका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले ...


