Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन, नवदुर्गा जात्राका लागि बागमती प्रदेश सरकारद्वारा आर्थिक सहयोग

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन, नवदुर्गा जात्राका लागि बागमती प्रदेश सरकारद्वारा आर्थिक सहयोग

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन, नवदुर्गा जात्राका लागि बागमती प्रदेश सरकारद्वारा आर्थिक सहयोग

भक्तपुर, कात्तिक ८ । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन तथा पूजाआराधना गर्नुभएको छ। उक्त कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कला, संस्कृति, सम्पदा र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई हर्षित तुल्याएको मुख्यमन्त्री थापाले बताउनुभयो। कार्यक्रमका अवसरमा श्री नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता तथा सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो। वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरमार्फत श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको हो। उक्त सहयोग रकमको चेक राष्ट्रपति पौडेल र मुख्यमन्त्री थापाले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो। मुख्यमन्त्री थापाले नेपालका अमूल्य धर्म, कला, संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न वाग्मती प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताउनुभयो। उहाँले मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक सहयोग तथा सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

एनपिएल विजेता टिमले डेढ करोड, उपविजेताले ८० लाख पाउने
राजनीतिJust now

एनपिएल विजेता टिमले डेढ करोड, उपविजेताले ८० लाख पाउने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसपटक विजेताका लागि अघिल्लो संस्करणभन्दा ४० लाख रुपैयाँ बढी पुरस्कार निर्धारण गरेको हो । क्यानले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक गरेको हो । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले ...

फरकधार
काठमाडौंलाई हेरौँ, सुनौँ, महसुस गरौँ र यसको सम्पदासँग जोडिऔँ : सुनिता डंगोल
राजनीतिJust now

काठमाडौंलाई हेरौँ, सुनौँ, महसुस गरौँ र यसको सम्पदासँग जोडिऔँ : सुनिता डंगोल

काठमाडौं, कात्तिक ८। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, सम्पदा, संस्कृति र मौलिक जीवनशैलीलाई नजिकबाट नियाल्दै महसुस गर्न तथा तिनसँग आत्मीय सम्बन्ध स्थापित गर्न नागरिकलाई आग्रह गर्नुभएको छ। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘हेरिटेज रन’ का अवसरमा उहाँले काठमाडौंलाई केवल हेर्ने सहरका रूपमा मात्र नभई यहाँको इतिहास, संस्कृति, परम्परा र जनजीवनलाई बुझ्ने, सुन्ने र अनुभूत गर्ने सहरका रूपमा लिनुपर्ने ...

जनताटाइम्स
सप्तकोशीमा जेटबोट दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते
राजनीतिJust now

सप्तकोशीमा जेटबोट दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते

काठमाडौं, कात्तिक ८ । भोजपुरबाट चतरातर्फ आउँदै गरेको माेटरबाेट सप्तकोशी नदीमा दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र पहिचानका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play