Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सत्ताको झगडा प्रहरीभित्र पनि: आईजीपी कार्की र एआईजी केसीबीच बैठकमै चर्काचर्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
सत्ताको झगडा प्रहरीभित्र पनि: आईजीपी कार्की र एआईजी केसीबीच बैठकमै चर्काचर्की
Photo / Coverage: विश्वखबर

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की र उनकै ब्याचीसमेत रहेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीबीचको सम्बन्धमा तितो छाएको छ । आफूलाई अप्ठेरोमा परेको बेला केसीले साथ नदिएको भन्दै कार्की केसीसँग असन्तुष्ट छन् भने उनीपछि नेतृत्व हत्याउन केसीले अनेक चलखेल गरेको आरोप लागेको छ । गएको साता बसेको बैठकमा यी दुई प्रहरी उच्चाधिकारीबीच खटपट परेको संकेत आएको एक अधिकृतले बताए । प्रहरी प्रमुख कार्कीलाई विवादमा तान्न केसीसहित केही एआईजीले चलखेल गरेको आरोप छ । संगठनभित्रैबाट असहयोग भएको भन्दै कार्कीले गत बिहीबार नीति समन्वय समिति (पीसीसी) बैठकमा असन्तुष्टि पोखेको स्रोतले बतायो । बैठकमा एआईजी केसी र आईजीपी कार्कीबीच चर्काचर्की परेको थियो । बैठकमा अन्य एआईजीले भने व्यक्तिले गरेको गलत कामको भागीदार स्वयम् हुने भन्दै संगठनलाई नै बदनाम गर्नेगरी नेतृत्वविरुद्ध लाग्न नहुने तर्क गरेका थिए। केसीले भने आईजीपीविरुद्ध भइरहेका गतिविधिबारे आफूलाई शंका गरिएको भन्दै असन्तुष्टि पोखेको बैठकमा सहभागी एक डीआईजीले जानकारी दिए । प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग आईजीपीले पनि संवाद गरेको म्यासेज फेला परेका छन् । तर ती म्यासेजमा कुनै मुद्दा-मामिलाका कुराकानी छैनन् । सामान्य विषयमा मात्रै उनीहरूबीच कुराकानी भएको बुझिएको छ । यही विषयलाई लिएर आफूलाई विवादमा तान्ने प्रयास भएको भन्दै आईजीपीले असन्तुष्टि जनाएका छन् । उक्त बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख रहेका डीआईजी र उपत्यकाभित्रका एसएसपीमाथिका सबै प्रहरी अधिकारीहरूलाई बोलाइएको थियो । बैठकमा अधिकांश प्रहरी उच्चाधिकारीहरूले आईजीपी कार्की र नेतृत्वको पक्षमा बोलेका थिए । केसीसहित दुई डीआईजीले भने आईजीपीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । पछिल्लो समय प्रहरीका उच्चाधिकारीहरूले एकअर्काविरुद्ध गरेका गतिविधि सार्वजनिक भइरहेका छन् । केसीले आईजीपी र अर्का एआईजी राजन अधिकारीलाई विवादमा तान्न बिचौलियासँग गरेको अडिओ संवाद सार्वजनिक गरेको आरोप छ । तर उक्त अडिओको आधिकारिकता परीक्षण भने भइसकेको छैन । नेतृत्वलाई बदनाम गराउन संगठनभित्रैबाट चलखेल बढेको भन्दै गत बिहीबार बसेको पीसीसी बैठकमा आईजीपी कार्कीले असन्तुष्टि पोखेका थिए । केही एआईजीले भने त्यस्ता अधिकारीलाई कारबाही गर्न भनेका थिए । उनको असन्तुष्टिपछि अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआईजी केसीले प्रतिवाद गरेका थिए । कार्कीलाई हटाएर आफू आईजीपी बन्न केसीले चलखेल गरेको आरोप छ । आफूमाथिको आरोपको केसीले उक्त बैठकमा खण्डन गरेका थिए । आईजीपी कार्की र एआईजी केसी एउटै ब्याचका हुन् । अर्का एआईजी राजन अधिकारी र ईश्वर कार्की पनि उनीहरूकै ब्याचका हुन् । पहिलो वरीयताका एआईजी राजन अधिकारी भए पनि उनलाई समेत बिचौलिया इनम सापकोटासँग संवाद गरेकै कारण विवादित बनाउन खोजिएको छ । यता ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी भने अनिवार्य अवकाशमा जाने भएका छन् । वि.सं. २०५३ पुस ५ गते भर्ना भएको टोलीका प्रहरी अधिकारीहरू ३० वर्षे सेवा अवधिका कारण आगामी पुस ५ गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् । उनीहरूलाई यसअघि नै उक्त मितिमा अवकाश हुने जानकारी गराइसकिएको छ । प्रहरी किताबखानाले अवकाशको एक महिना पहिले नै अवकाश हुने पत्र समेत बुझाउनेछ । अबको केही दिनमै उनीहरूले अवकाशको पत्र बुझ्नेछन् । अवकाश हुने एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् । शाह प्रदेश समन्वय विभागमा कार्यरत छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख राठौर र सीआईबी प्रमुख चतुर्वेदी पनि अवकाशमा जाँदैछन् । कार्यविभागका प्रमुख हिमालयकुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक पनि अवकाशको मुखमा छन् । नेपाल प्रहरीमा प्राविधिक १ बाहेक ८ एआईजीको दरबन्दी छ । तीमध्ये पुस ५ गतेबाट ३ जना मात्रै रहनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शेयर बजारमा सुधार, कारोबार रकम घट्यो
Latest NewsJust now

शेयर बजारमा सुधार, कारोबार रकम घट्यो

काठमाडौं । बजार खुलेबाट ओरालो लागेको सेयर बजार अन्तिम समयमा बढेको छ । मंगलबार नेप्से सूचक ६.६२ अंकले बढेर २६६४.१३ अंकमा आइपुगेको हो । यो दिन लगानीकर्ताले लगानी खुम्च्याएर पाँच अर्ब ६५ करोडको मात्रै कारोबार गरेका छन् । गत साता अधिकतम आठ अर्ब ८२ करोडसम्मको कारोबार गरेका लगानीकर्ताले सोमबार घटाएर सात अर्ब १५ करोडको कारोबार गरेका थिए । मंगलबार पुनः घटाएर ...

कर्पोरट खबर
आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
Latest NewsJust now

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै लगानी बढाउने बताएका छन्। नेपाल नेत्रज्योति संघले आज लमहीमा आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कार्बन उत्सर्जनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले आँखा उपचार सेवाको पहुँच सबै नागरिकसम्म पुर्‍याउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए। संघले तयार पारेको पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा पनि ...

नेपालन्युज
न्यायाधीशमाथि महाभियोगबारे रास्वपाले विपक्षीसँग पनि छलफल गर्नुपर्ने काँग्रेसको भनाइ
Latest NewsJust now

न्यायाधीशमाथि महाभियोगबारे रास्वपाले विपक्षीसँग पनि छलफल गर्नुपर्ने काँग्रेसको भनाइ

काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सर्वोच्च अदालतका विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपक्षी दलहरूसँग समेत परामर्श गर्नुपर्ने बताए । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस विषयमा रास्वपाले अहिलेसम्म औपचारिक संवाद अघि बढाएको जानकारी आफूलाई नभएको बताए । महाभियोगको विषयमा सबैभन्दा पहिले सत्तापक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । सत्तापक्षले विषयलाई स्पष्ट ...

टक्सार
एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान
Latest NewsJust now

एसीसीए ट्याक्सेसनमा बीपीसीकी साहारा मघियाको विश्वमै तेस्रो स्थान

काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी) काे भगिनी संस्था तथा एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की एसीसीए विद्यार्थी सहारा मघियाले सेप्टेम्बर २०२६ को परीक्षामा कर प्रणालीविषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन्। यो साहाराको पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन। जुन २०२६ को परीक्षामा उनले पर्फर्मेन्स म्यानेजमेन्ट विषयमा नेपालमै प्रथम र विश्वमा आठौँ स्थान हासिल गरेकी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play