Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

संघीय संसद्का अर्थसहित तीन समितिको बैठक बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
संघीय संसद्का अर्थसहित तीन समितिको बैठक बस्दै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाको एक गरी तीन समितिको बैठक आज बुधबार बस्दैछन् । बैठकमा नागरिक लगानी कोष र बालश्रमसम्बन्धी विधेयकमाथि छलफल हुनुका साथै समितिको स्थलगत अनुगमन प्रतिवेदनबारे समीक्षा हुनेछ । प्रतिनिधिसभाको अर्थ समितिको बैठक बिहान ११: ३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गर्ने र विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्रीसहित अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको छ । त्यस्तै, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ। बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीसहित सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको स्थलगत अनुगमन प्रतिवेदनसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । The post संघीय संसद्का अर्थसहित तीन समितिको बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई
Latest NewsJust now

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

रूपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ । नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवद्र्धन अफ नेपाल प्रालिसँग फोहोरमैला व्यवस्थापनका लागि सम्झौता गरेको हो । सोमबार भएको सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोर सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी लिनेछ । सम्झौताको कुल ...

केन्द्रबिन्दु
लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक: मुख्यमन्त्री आचार्य
Latest NewsJust now

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक: मुख्यमन्त्री आचार्य

बुटवल । लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका... ...

रातोपाटी
स्पेनले अवैध युद्धमा संलग्न हुन नपाउनेगरी रक्षा कानुन संशोधन गर्छौं : सान्चेज
Latest NewsJust now

स्पेनले अवैध युद्धमा संलग्न हुन नपाउनेगरी रक्षा कानुन संशोधन गर्छौं : सान्चेज

स्पेनले इरानमाथिको बमबारीका लागि अमेरिकालाई आफ्नो सैन्य अखडा र हवाई क्षेत्र प्रयोग गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको व्यापार तोड्ने चेतावनी दिएका थिए । गाजा युद्धलाई 'नरसंहार' को संज्ञा दिँदै आएका सान्चेज इजरायलका कडा आलोचक हुन् ...

कान्तिपुर
सफल उद्योगीका अनुभवबाट विद्यार्थीलाई उद्यमशीलताको पाठ
Latest NewsJust now

सफल उद्योगीका अनुभवबाट विद्यार्थीलाई उद्यमशीलताको पाठ

भुवन कार्कीरुपन्देही, मंसिर ९ गते । रुपन्देहीका सफल उद्योगी व्यवसायीले आफ्ना अनुभव र संघर्षका कथा विद्यार्थीलाई सुनाएका छन् । मंगलबार रुपन्देहीको तिलोत्तमामा जारी मेला अवलोकनका लाग... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement