Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँ उपत्यकामा निरन्तर घट्दै न्यूनतम तापक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँ उपत्यकामा निरन्तर घट्दै न्यूनतम तापक्रम
Photo / Coverage: नेपालन्युज

काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो एक सातादेखि न्यूनतम तापक्रम निरन्तर ओरालो लाग्ने क्रम जारी छ। तापक्रम घट्दै जाँदा उपत्यकामा चिसो महसुस गरिएको छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार बुधबार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको छ। विभागले हरेक दिन बिहान ८:४५ बजे आधिकारिक न्यूनतम तापक्रम मापन गर्ने गर्छ। मौसमविद् ढकालले बिहानको प्रारम्भिक मापनभन्दा आधिकारिक समयमा तापक्रम थप घट्न सक्ने वा सोही कायम रहन सक्ने बताए। मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस रहेको थियो। मंसिर २ गते ९.५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम त्यसयता निरन्तर घट्दै आएको छ। पछिल्लो सात दिनको तथ्यांकअनुसार मंसिर ३ गते ९, ४ गते ८.७, ५ गते ८.३, ६ गते ८.३, ७ गते ८ र ८ गते ७.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। देशभर नै तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गर्छ। महाशाखाका अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको र अधिकतम तापक्रमले दिनभरको अवस्था जनाउँछ। बुधबारको मौसम पूर्वानुमानअनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। राति कोसी र गण्डकीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बिहानीपख उपत्यका, खोच र तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। महाशाखाले बिहान ८ बजे मौसम बुलेटिन अद्यावधिक गर्ने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
निजामती प्रशासनको विनिर्माण
Latest NewsJust now

निजामती प्रशासनको विनिर्माण

बहुचर्चित र बहुप्रतीक्षित निजामती सेवा विधेयक अनेकौँ घुम्ती पार गर्दै अन्ततः सङ्‍घीय संसद्मा पुगेको छ । सरकारको नीति, निर्णय र कार्यक्रम सञ्चालनको मुख्य कार्यभार बोकेको निजामती सेव... ...

गोरखापत्र
काठमाडौंमा चिसो बढ्दो, न्यूनतम तापक्रम ७.४ डिग्रीमा झर्‍यो
Latest NewsJust now

काठमाडौंमा चिसो बढ्दो, न्यूनतम तापक्रम ७.४ डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्ने क्रम जारी छ । पछिल्लो एक सातादेखि निरन्तर घटिरहेको न्यूनतम तापक्रम बुधबार बिहान ७.४ डिग्री सेल्सियसमा झरेको छ । मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस थियो । मंसिर २ गते ९.५ डिग्री रहेको तापक्रम त्यसयता क्रमशः घट्दै बुधबार ७.४ डिग्रीमा पुगेको हो । मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसो अवस्था जनाउँछ । अहिले देशका ...

केन्द्रबिन्दु
रेमिट्यान्सको चमकभित्र लुकेको नेपालको आर्थिक परनिर्भरता
Latest NewsJust now

रेमिट्यान्सको चमकभित्र लुकेको नेपालको आर्थिक परनिर्भरता

नेपाल र पश्चिम एसियाली देशहरूबीचको सम्बन्ध केवल श्रम आपूर्ति र वैदेशिक मुद्रा आर्जनको परम्परागत दायरामा मात्र सीमित छैन, यो दक्षिण एसिया र खाडी क्षेत्रबीचको भूराजनीतिक, आर्थिक तथा सामाजिक अन्तरसम्बन्धको अत्यन्त संवेदनशील सेतु हो। विगत पाँच दशकदेखि विशेषगरी खाडी सहयोग परिषद् अन्तर्गतका राष्ट्रहरू नेपाली श्रम बजारका प्रमुख गन्तव्य रहँदै आएका छन्।  यस सम्बन्धले एकातिर नेपालको गरिबी न्यूनीकरण, विदेशी मुद्रा सञ्चिति र बाह्य ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement